Admission Open

पोखराको पर्यटन प्रवद्र्धनका लागि हेम्जामा असारे रोपाइ महोत्सव

काठमाडौं : पोखरा पर्यटन परिषदले “पोखरा सबै मौसमका लागी” भन्ने मुल नाराका साथ १७औ असारे रोपाइ महोत्सव तथा दोस्रो राष्ट्रिय हेम्जा हिले महोत्सवका बारेमा सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

खेतीयोग्य जमिनको संरक्षण, कृषिलाई व्यवसायिकरण गर्दै कृषकलाई आफ्नो पेशाप्रति अभिपे्ररित गर्नु तथा परम्परागत हाम्रो कृषि प्रणाली मार्फत पोखराको पर्यटन प्रवद्र्धन गर्ने मुल उद्देश्यका साथ विगत २०६१ साल देखि पोखरा पर्यटन परिषदले निरन्तर रुपमा पोखरामा असारे रोपाई महोत्सवको आयोजना गर्दै आएको छ ।

यसै सन्दर्भमा यस बर्ष पनि “पोखरा सबै मौसमका लागी” भन्ने मुल नाराका साथ १७औ असारे रोपाई महोत्सव तथा दोस्रो राष्ट्रिय हेम्जा हिले महोत्सव असार १५ गतेका दिन पोखरा-२५, माइस्थान प्राङ्गण हेम्जामा राम बहादुर कुवर, तुलसी पौडेल, अग्निधर पौडेल, डिल्लिराम नेपाली, कृष्ण बहादुर कुवर, मैना केसी र प्रकाश पौडेलको करिब १० रोपनी क्षेत्रफल खेतमा आयोजना गरिएको व्यहोरा जानकारी गराइएको छ ।

पोखरा र यस वरपरका क्षेत्रमा भएका विरुवा फाँट, कुँडहर फाँट ,हेम्जा फाँट, सेदी बगर, पामे, बाच्छेबढुवा, कमलपोखरी, अर्मला फाँट लेखनाथका विभिन्न फाँटहरु जस्ता धान खेतीयोग्य जमिनहरु दिनानुदिन घडेरीका रुपमा प्रयोग हुने कार्य तिव्र गतिमा भैरहेको हुँदा पोखराको प्राकृतिक सौन्दर्यलाई कायम राख्न समेत यस्ता कार्यहरुलाई रोक्नु आवश्यक रहेको परिषद्ले बताएको छ ।

प्रतियोगीता तथा कार्यक्रमहरु :
– साउने प्रतियोगिता (हलगोरुको दौड)
– विभिन्न आमा समुह बिच असारे गीत तथा रोपाइँ प्रतियोगिता
– हिलोमा माछा समात्ने खुल्ला प्रतियोगिता
– हिलोमा दौड प्रतियोगिता (नेपाली पुरुष )
– हिलोमा दौड प्रतियोगिता (नेपाली महिला )
– हिलोमा दौड प्रतियोगिता (विदेशी पर्यटक पुरुष )
– हिलोमा दौड प्रतियोगिता (विदेशी पर्यटक महिला )
– रस्सा कसी प्रतियोगिता (नेपाली र विदेशीबीच )
– पत्रकारहरुको हिलो दौड प्रतियोगिता
– पोखरा महानगरपालिका वडा नं. २५का उत्कृष्ट कृषक तथा समाज सेवीलाई सम्मान कार्यक्रम
– विविध साँस्कृतिक कार्यक्रमको प्रस्तुती ।

प्रतियोगितामा विजयी हुने प्रतियोगीलाई तपशिल बमोजिमको पुरस्कार, प्रमाणपत्र तथा ट्रफीको व्यवस्था गरिएको छ । साउने प्रतियोगितमा प्रथम : ७ हजार रुपैयाँ, द्धितिय ५ हजार रुपैया तोकिएको छ । त्यस्तै असारे रोपाई तथा गीत प्रतियोगिताको प्रथम : ७ हजार रुपैयाँ, द्धितिय ५ हजार रुपैया तोकिएको छ ।

त्यसैगरी महिला, पुरुष दौड, पत्रकार दौड, विदेशी पर्यटक दौड, रस्साकस्सी, हिलोमा माछा समात्ने, घैटो फुटाउने, जोडि दौड, उत्कृष्ट झाकी प्रदर्शन, मिउजिकल बेलुन, हिलोमा नाङ्लो दौड आदि प्रतियोगिताका विजयीहरुलाई गिफ्ट ह्याम्पर (गिलअज, म्ष्ललभच भतअ) कुुपन प्रदान गरिनेछ ।
महोत्सवमा आमन्त्रीत पाहुना, पत्रकार, सुरक्षाकर्मी एवं स्वयंसेवकको लागी असारे खाजाको व्यवस्था निशुल्क गरिने छ भने अन्य दर्शकको लागी सशुल्क असारे खाजाको प्रबन्ध मिलाईनेछ । यसको अतिरिक्त इच्छुक सबैको लागी सशुल्क रिफ्रेसमेण्ट स्टलको व्यवस्था समेत गरिने छ ।

महोत्सवलाई अनुशासित तथा व्यवस्थित बनाउन आवश्यक भएको र सहभागी तथा दर्शकहरुले आ–आफ्नो तरिकाले भरपुर आनन्द लिन सकुन भन्ने उद्देश्यले यस बर्ष महोत्सव स्थलको लागी एक आचारसंहिता बनाईने छ । जसले गर्दा उच्छृङखल गतिविधिहरु रोकिनुको साथै हाम्रो परम्परागत संस्कृतिलाई संरक्षण गर्न टेवा पुग्नेछ ।

महोत्सव व्यवस्थान गर्नको लागी यस संस्थाका उपाध्यक्ष पोम नारायण श्रेष्ठको संयोजनमा २४ सदस्यीय मुल आयोजक समिति तथा विभिन्न उपसमितिहरु साथै स्थानिय संयोजक हरिशरण पौडेलको संयोजत्वमा विभन्न उपसमितिहरु गठन गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...