५ वर्ष पहिल्यै तयार भएको डीपिआर भौतिक पूर्वाधार कार्यालय विराटनगरले लुकाएर अन्यत्रै बजेटको रुट परिवर्तन गरेको दवाव समूहका सह–संयोजक एकराज खनाल आरोप लगाउँछन् । १५ कि।मि सडक बनाउन यत्रो नाटक किन रु कमिसनको घनचक्करमा अनावश्यक भीर पहरा सम्याउन बजेट डाईभर्ट गरेको हुनसक्ने आसंका सह–संयोजक दाताराम पोखरेल गर्छन् । ७० मिटर व्यवस्थित ढल सहितको सडक नबनेसम्म दवाव समूहले विश्राम नलिने बताउँछन् । उनि थप्छन् ‘विरानगरबाट २५ किमी को दुरीमा रहेको सडक जीर्ण बन्नु भनेको यहाँका जनतालाई बेकम्बा सम्झनु हो ।’

दीपक निरौला/ इनरुवा : एक वर्षदेखि निरन्तर कलमको माध्यमबाट दवाव दिंदै आएको दुहवी –इनरुवा सडक खण्ड बन्नु पर्छ भन्नेमा दिनप्रतिदिन ऐक्यवद्धता आउनेक्रम जारी छ । यसैगरी इनरुवा नगरपालिका वडा नंं १, ५, ७ तथा गढी गाउँपालिका तथा दुहवी नगरपालिका समेत दवाव समूहमा सामेल हुने प्रतिवद्धता व्यक्त गरिसकेका छन् । इनरुवा न.पा वडा नंं. १ का वडाध्यक्ष प्रमोद पोखरेल, ५ नं. वडाका वडाध्यक्ष अनिलकुमार पोखरेल, वडा नं. ७ का वडाध्यक्ष हिम्मत सिं खवास, गढी गा.पा.का अध्यक्ष आशाराम चौधरी तथा दुहवी नगरपालिकाका मेयर बेद गच्छदारले प्रतिनिधि पठाएर आन्दोलमा ऐक्यवद्धता जनाउने बताएको दवाव समूहका संयोजक गोविन्द पोखरेलले नेपालीमाला अनलाइन लाई जानकारी दिए ।
कुनैपनि दवाव समूह भनौं या आन्दोलन समूह वास्तवमा पहिले हेर्दा सामान्य लाग्छ । उचित र जायज माग राखेर आन्दोलनमा उत्रिएको छ भने त्यसले आकार लिन समय लाग्छ । विस्तारै यसले आफ्नो गति बढाउँदै र फैलाउँदै लान्छ । उदाहरणको लागि हामीले राजतन्त्र फाल्ने आन्दोलनलाई नै लिन सक्छौं ।
इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले सडक निर्माणका लागि आफू दिलो ज्यान दिएर लाग्ने बताएका छन् । प्रदेश सांसद तथा नेपाली कांग्रेस संसदीय दलका नेता राजिव कोइरालाले आफू यो काममा निरन्तर लाग्ने बताएका छन् । दुहवी –इनरुवा सडक खण्ड अव संघीय सरकारको मातहतबाट प्रदेश सरकारको मातहतमा स्थान्तरण भएको कोइरालाले बताए । अब यो सडक बहुवर्षे योजनामा सामेल भएको हुँदा यसै वर्षदेखि निर्माणको श्रीगणेश हुनेमा दुईमत नभएको कोइरालाले बताए । यो सडकको नाममा जम्मा १ करोड रुपैंयामात्र विनियोजन भएको र बहुवर्षेृ योजनामा परेको कुरा उनले भेटमा बताए । तर यता दवाव समूह भने बहुवर्षे योजना आफूहरु स्वीकार नगर्ने पक्षमा छन् । जम्मा १५ किमी सडकलाई बहुवर्षे योजनामा पारेर दुहवी –इनरुवाका नागरिकको जनधन ध्वस्त गर्न सरकार लागिपरेको आरोप लगाउँदै दवाव समूहका सदस्य लालबहादुर श्रेष्ठ आक्रोस पोख्छन् ।
५ वर्ष पहिल्यै तयार भएको डीपिआर भौतिक पूर्वाधार कार्यालय विराटनगरले लुकाएर अन्यत्रै बजेटको रुट परिवर्तन गरेको दवाव समूहका सह–संयोजक एकराज खनाल आरोप लगाउँछन् । १५ कि.मि सडक बनाउन यत्रो नाटक किन रु कमिसनको घनचक्करमा अनावश्यक भीर पहरा सम्याउन बजेट डाईभर्ट गरेको हुनसक्ने आसंका सह–संयोजक दाताराम पोखरेल गर्छन् । ७० मिटर व्यवस्थित ढल सहितको सडक नबनेसम्म दवाव समूहले विश्राम नलिने बताउँछन् । उनि थप्छन् ‘विरानगरबाट २५ किमी को दुरीमा रहेको सडक जीर्ण बन्नु भनेको यहाँका जनतालाई बेकम्बा सम्झनु हो ।’ आन्दोलनको ज्वारभाटाले ठेगान लगाईदिने चेतावनी सदस्य कृष्ण खनाल दिन्छन् । हरेक दिन १ जनाका दरले सडक यात्रीले अकालमा ज्यान गुमाउनु परेको र ३÷४ जना घाईते बन्नु परेको समाचार सुन्नु देख्नु पर्दा सम्प्रूर्ण काम नै छोडेर सडक बन्द गर्नु पर्ने अवस्था आएको अच्यूत भण्डारी बताउँछन् । हामी भन्दा पनि भावी सन्ततीका लागि सडक बनाउनै पर्ने बाध्यतका कारण आन्दोलनको विकल्प नरहेको भण्डारी बताउँछन् ।
कुनैपनि दवाव समूह भनौं या आन्दोलन समूह वास्तवमा पहिले हेर्दा सामान्य लाग्छ । उचित र जायज माग राखेर आन्दोलनमा उत्रिएको छ भने त्यसले आकार लिन समय लाग्छ । विस्तारै यसले आफ्नो गति बढाउँदै र फैलाउँदै लान्छ । उदाहरणको लागि हामीले राजतन्त्र फाल्ने आन्दोलनलाई नै लिन सक्छौं । राजासंस्था फाल्छौं भन्दै कांग्रेस र एमालेका युवा नेता काठमाण्डौका रत्नपार्कमा जम्मा हुन्थे । प्रहरीले तिनका व्यानर च्यातेर लाठीचार्ज गर्दै तितर वितर गथ्र्यो । तर आन्दोलनले विस्तारै गति लिंदै राजतन्त्र लाई विदाई ग¥यो । यो करिव १८÷२०वर्ष अगाडिको कुरा सवैलाई जगजाहेरै छ । त्यसैले आन्दोलन भनेको सभ्य, भलाद्मी, सरल र रमाईलो हुँदैन ।

#दीपक निरौला


