Admission Open

ad place

आज मंगलबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक, के छ कार्यसूची ?

काठमाडौं, ७ असार : संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज मंगलबार पनि बस्दैछ। बैठक दिउँसो १ बजे नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ ।

आजको बैठकमा विभिन्न विधेयकमाथि छलफलका लागि प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ ।

संघीय संसद सचिवालयका अनुसार गृहमन्त्री बालकृष्ण खाणले  ुसामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्ु भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर पनि प्रस्ताव प्रस्तुत गरिनेछ ।
आजको बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले विरूवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...