Admission Open

पूँजी बजार सुधारका लागि संघर्ष समिति गठन गर्दै आन्दोलनका कार्यक्रम घोषणा

[ दबाबमूलकदेखि आमरण अनसनसम्मका कार्यक्रम घोषणा ]

काठमाडौँ : सेयर बजारमा करोडौं लगानी डुबेको भन्दै सेयरबजार लगानीकर्ताहरुले आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएका छन् । सरकारका नीति तथा कार्यक्रम स्पष्ट नहुदाँ सेयर बजारका सर्वसाधरण लगानीकर्ताहरुको करोडौं लगानी डुब्दै गएपछि लगानीकर्ताहरुले शनिबार आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेका हुन् ।

सेयर लगानीकर्ताहरुको भेलाले पूँजी बजार सुधार र बिकासका लागि तिलक कोइरालाको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठनसहित दबाबमुलक कार्यक्रमहरु घोषणा गरेको छ ।

सरकारलेसाढे तीन वर्ष अघिनै गरिसक्छु भनेका कामहरु नहुँदा पूँजी बजारमा गंभीर संकट आएको भन्दै १९ बुंदे मागसहित कोइराला असार १ गतेदेखि आमरण अनशनमा बस्ने घोषणा गरिसकेका छन् । सो अनशन अघि लगानीकर्ताहरुले शान्तिपूर्ण कार्यक्रम घोषणा गरेका हुन् ।

काठमाडौको भृकुटीमण्डपमा जेठ २१ गते भएको एक सय जना भन्दा बढी लगानीकर्ताहरुको भेलाले पूँजी बजार सुधार र बिस्तारका लागि दबाबमुलक कार्यक्रमहरु गर्ने निर्णय गरेको छ । लगानीकर्ताहरुले जेठ २३ गते धितोपत्र बोर्डमा कालोपट्टीसहित प्रदर्शन गर्ने, २४ गते अर्थ मन्त्रालय जाने, २५ गते प्रधानमन्त्रीलाई भेट्ने, २६ गते राजनीतिक पार्टीहरुसँग छलफल गर्ने, २७ गते माईतीघर मण्डलादेखि बानेश्वरसम्म कालो ब्यानरसहित जुलुस गर्ने र २९ गते पूँजी बजारका बिज्ञहरुसहित बृहत छलफल गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् ।

संघर्ष समितिमा पवित्रा ज्ञवाली, रमेशढकाल, गोपाल स्वामी, एसपी चौलागाँइँ, नानीबाबु खरेल, पूरुषोत्तम कडेल, एलपी साह, संजय थापा, देवबहादुर कार्की, लक्ष्मण बंजारा, सुमनभण्डारी, विनोद कार्की, पिताम्बर फूलेल, राजु ओझा, माधवप्रसाद गौतम, सुन्दर श्रेष्ठ, पुरुषोत्तम सापकोटा, गणेश उप्रेति, सुकदेव भण्डारी, कमल पंथी, सुदर्शन पाठक, पासाड। शेर्पा, , मुरारी सिटौला, विदुर थापा र प्रल्हाद वस्ति सदस्य छन्। भेलाले पवित्रा ज्ञवालीलाई आर्थिक संंकलन संयोजकको जिम्मेवारी दिदै २७ हजार रुपैयाँ कार्यक्रमका लागि सहयोग संकलन गरेको छ ।
शनिवार बिहान ११ बजे बाल्मिकीमा सर्वसाधारण लगानीकर्ताकोसमेत उपस्थितिमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने अगुवा तिलक कोइरालाले जानकारी दिए । ‘बाल्मिीकी क्याम्पसमा आज हुने छलफल पछि आन्दोलनका कार्यक्रम तय गर्नेछौ भने यसबिचमा माग पुरा नभएमा १ असारबाट म आफै आमरण बस्नेछु’, कोइरालाले भने ।

शीर्ष नेताहरुको अभिव्यक्तिलगायतका कारणले सेयर बजारमा नकारात्मक असर परेको र त्यस्ता अभिव्यक्ति नदिनलगायत झन्डै २ दर्जन माग राखेर सेयरकर्ताका लगानीकर्ताहरू आन्दोलनमा उत्रिन लागेका हुन ।

टिप्पणिहरु
Loading...