Admission Open

थामिएन सेयर बजारको ओरालो यात्रा : नेप्से १८.२६ अंकले घट्दा एक अर्ब १६ करोडको कारोबार

काठमाडौं : साताको चौथो दिन पनि सेयर बजारको ओरालो यात्रा जारी छ । सरकारले आगामी आर्थिक वर्षको बजेट यही जेठ १५ गते सार्वजनिक गरेको थियो । बजेट सार्वजनिक भए पछिका दिनहरुमा सेयर बजारमा खासै उत्साह देखिएको छैन् ।

बजेट सार्वजनिक हुनु अघि सेयर बजारमा सकारात्मक सूचक देखा पर्ने आशा गरिए पनि बजेटले लगानीकर्ताहरुमा खासै उत्साह भने ल्याउन सकेन ।

यो साता लगातार घट्दै गएको सेयर बजार परिसूचक नेप्से आज १८ दशमलव २६ अंकले घटेर दुई हजार एक सय १२ दशमलव ४७ विन्दुमा झरेको छ । आज म्युचल फन्डबाहेक अरू सबैजसो समूहको सेयर ओरालो लागेकोमा बीमा समूहको सेयर उच्च अंकले घटेको छ ।

आज दुई सय २७ वटा कम्पनीको ३५ लाख ६६ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब १६ करोड १५ लाख रुपैयाँमको कारोबार भएको छ । आज सबैभन्दा धेरै माउन्टेन हाइड्रो नेपालको १२ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ भने प्रभु लाइफ इन्सुरेन्स कम्पनीको सेयर साढे ६ प्रतिशतले घटेको छ ।

त्यस्तै, एनआइसी एशिया बैंकको ६ करोड ५४ लाख, नबिल बैंकको ३ करोड १८ लाख, हिमालयन डिस्टिलरीको ३ करोड ८ लाख र शिखर इन्स्योरेन्सको २ करोड ८८ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...