Admission Open

ad place

आज बढ्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा हुँदैछ ?

काठमाडौं : नेपाली बजारमा लगातार घटीरहेको सुनचाँदीको मूल्य आज भने बढेको छ । बिहीबार छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ ।

छापावाला सुन आज तोलामा ४ सय रुपैयाँले बढेसँगै बिहीबार बजारमा सुनको मूल्य ९७ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो छापावाल सुन तोलाको ९७ हजार २ सय रुपैयाँमा कोवार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य तोलाको ९७ हजार १ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ । बुधबार तेजाबी सुन तोलाको ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा रु १५ रुपैयाँले बढेको छ । तोलामा १५ रुपैयाँ बढेसँगै चाँदीको मूल्य १२६५ रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ । हिजो चाँदी तोलाको १२५० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...