Admission Open

ad place

काठमाडौँ महानगरमा स्थापित भन्दा २० हजार माथि बालेन

काठमाडौँ : स्थानीय तह निर्वाचनमा अरुको भन्दा दोब्बर मत ल्याएर जित्ने दवी गरिरहेका नेकपा एमालेका उम्मेद्वार केशव स्थापित स्वतन्त्र उम्मेद्वार बालेन शाह भन्दा २० हजार मतले पछि परेका छन् ।

काठमाडौँ महानगरपालिकाको पछिल्लो मतगणनाको नतिजाअनुसार बालेन शाहले ४६ हजार ४ सय ७६ मत ल्याएका छन् भने एमालेका केशव स्थापितले २६ हजार ८ सय ६१ मत ल्याएका छन्।

त्यस्तै दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेद्वार उर्फ लौह पुरुष श्रद्धेय गणेशमान सिँहकी बुहारी तथा प्रकाशमान सिँहकी धर्मपत्नी सिर्जना सिंहले २७ हजार ७९९ मत ल्याएकी छन्।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...