Admission Open

ad place

आज राति १२ बजेदेखि मौन अवधि सुरु, सीमा नाकाहरु ३ दिनसम्म बन्द

[ सामाजिक सन्जाल निगरानी गर्ने जिम्मा सेना र प्रहरीलाई ]

काठमाडौं, २७ वैशाख : वैशाख ३० गते शुक्रवार हुने स्थानीय तह निर्वाचनको मौन अवधि आज मध्यरातिबाट सुरु हुँदै छ । मौन अवधिमा चुनावी प्रचारका कुनै पनि कार्यक्रम गर्न पाइँदैन । चुनावी प्रचारका लागि आज मंगलबार मात्रै बाँकी छ । आज मध्यराति १२ बजेदेखि मतदानको दिन वैशाख ३० गते १२ बजेसम्मको अवधिलाई मौन अवधि मानिएको छ । यो अवधिमा निर्वाचनलाई प्रभावित पार्ने कुनै पनि कार्यमा संलग्न नहुन निर्वाचन आयोगले सबैलाई आग्रह गरेको छ ।

मौन अवधि सुरु भएपछि कुनै पनि दल, उम्मेदवार भएका व्यक्ति, नागरिक समाज, मतदाता तथा सञ्चार माध्यमहरुले समेत चुनाव प्रचार–प्रसार गर्न नपाउने निर्वाचन आयोगले जानकारी गराएको छ ।

वैशाख २७ गते मध्यरातिबाट नै चीन र भारतसँग जोडिएका सीमा नाकाहरु पनि बन्द हुने भएका छन् । मतदान हुने दिन ३० गते शुक्रवार राति १२ बजेसम्म सीमा नाका बन्द हुने गृह मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...