
काठमाडौँ, १४ वैशाख : सरकारले अब शनिबार र आइतबार सार्वजनिक बिदा दिने भएको छ । मन्त्रिपरिषद्को वैशाख १३ गते बसेको बैठकले जेठ १ गतेबाट लागु हुने गरी मन्त्री परिषदबाट यस्तो निर्णय भएको हो । शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन।
यससँगै अन्य पाँच दिन भने बिहान ९ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म काम हुनेछ। त्यस्तै, सरकारले गहुँको न्यूनतम समर्थन मूल्य पनि तोकेको छ। गहुँको बिक्री मूल्य प्रति क्विन्टल तीन हजार १६५ रुपैयाँमा निर्धारण गरिएको छ।
यससँगै सरकारले कम आवश्यक, विलासी र स्वास्थ्यमा नकारात्मक असर पर्ने १० वटा वस्तुको आयातमा रोक लगाउने निर्णय गरेको छ।



