
काठमाडौं : सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर एक लाख ९ सय रुपैयाँ पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला एक लाख ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४ सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख १ सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार ३८० मा आएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९५२ डलर आसपास कारोबार भइरहेको छ ।


