Admission Open

ad place

जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि शेयर लगानी जुट्दै

हेमन्त केसी, सुर्खेत : प्रदेशस्तरको विद्युत् ऐन निर्माण गरिरहेको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले कर्णालीका दुई आयोजनामा शेयर लगानी गर्ने भएपछि स्थानीयवासी खुसी भएका छन् । यता कर्णाली प्रदेशले पनि विद्युत् विकास ऐन निर्माण कार्य जारी राखेको छ । वर्षे अधिवेशनमा सो ऐनलाई प्रदेशसभामा पेस गर्ने लक्ष्य लिइएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले बताए । जनताको जलविद्युत् (सञ्चालन र व्यवस्थापन) कार्यविधि २०७५ बमोजिम डोल्पामा निर्माण हुन लागेको जगदुल्ला र दैलेखको अपर पराजुली खोला जलविद्युत् आयोजनामा शेयर लगानी गर्ने निर्णय गरेसँगै स्थानीयवासी खुसी भएका हुन् ।

स्वदेशी लगानीमा निर्माण थालिएको जगदुल्ला आयोजना १ सय ६ मेगावाट क्षमताकोे छ । केही दिनअघि मात्र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयमा उक्त आयोजना निर्माण र प्रदेशको शेयर लगानीका विषयमा छलफल भएको थियो । छलफलमा मन्त्री सिंहले प्रदेश सरकारलाई बढीभन्दा बढी शेयर दिनुपर्ने तर सीमा राखेर खुम्च्याउन नपाइने भन्दै नियामावली सच्याउन आग्रह गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...