Admission Open

कोरोना विरुद्धको खोपमा जनताको पहुँच भएन

विराटनगर, २५ फागुन : कोभिड–१९ को विरुद्ध लगाइने खोपमा जनताको पहुँच बढाउनुपर्ने औँल्याइएको छ । प्रतिनिधि र राष्ट्रियसभाका सदस्यले एकापसमा समन्वय गरेर अगाडि बढ्न सकेमा विकासले छिट्टै अग्रता लिने जनाएका हुन् । पछाडि पारिएका समुदाय र वर्गलाई पनि समाजमा अग्रता ल्याउन बल गर्नुपर्नेमा सहभागीले जोड दिएका थिए ।

राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिद्वारा आज यहाँ आयोजित ‘कोभिड–१९को स्वास्थ्यमा प्रभाव र सरकारको भूमिका भ्याक्सिन योजना’ सम्बन्धमा प्रदेशसभाका सदस्यसँग अन्तक्रिया कार्यक्रममा सहभागीले सो धारणा राखेका हुन् । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले कार्यक्रमको उद्घाटन गर्दै मानव पूँजीको रुपमा रहेको सभ्यता र मर्यादालाई जनप्रतिनिधिले बिर्सन नहुने बताउनुभयो ।

उहाँले ‘स्वच्छ र समुन्नत’ प्रदेश बनाउन विकासमा सिपालु जनप्रतिनिधिले दिगो विकासमा केन्द्रित भएर काम गर्नुपर्ने सुझाव दिँदै विकास गर्दा स्वास्थ्य र वातावरणको स्वास्थ्यतामा ख्याल गर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । प्रादेशिक लक्ष्यमा सांसदले विशेष ध्यान दिनुपर्ने भन्दै प्रदेश प्रमुख अधिकारीले प्रदेशको वस्तुगत आवश्यकतामा जनप्रतिनिधि गम्भीर हुनुपर्छ भन्नुभयो ।

कार्यक्रममा खोप महाशाखा प्रमुख डा झलक शर्मा गौतमले सरकारको खोप योजना र डा प्रभात अधिकारीले कोभिड–१९ का बारेमा आ–आफ्ना कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले दातृ निकायबाट प्राप्त हुने सहयोग एवं अनुदानप्रति सांसद चनाखो हुनुपर्ने बताउँदै विकास र अनुशासनको कुरामा कार्यविधि र निर्देशिकाले तोकेबमोजिम गर्नुपर्ने धारणा राख्नुभयो । भौतिक पूर्वाधारमा सन्तुलित भएर काम गर्नुपर्ने धारणा राख्दै प्रदेश प्रमुख अधिकारीले उत्पादनसहितको वितरणले मात्र समाजलाई फाइदा गर्ने उल्लेख गर्नुभयो । पूँजीवाद सशक्त नभए समाजवाद ल्याउन नसकिने तर्क गर्दै प्रदेश प्रमुख अधिकारीले विपन्न र पछि परेका समुदायलाई अग्रता दिन जनप्रतिनिधिले लागि पर्नुपर्ने धारणा राख्नुभयो ।

समितिका सभापति दिलकुमारी रावल र सांसद लक्ष्मी परियारले आमनागरिकलाई कोभिड–१९ को भयबाट छुटकरा दिलाउन सरकारले खोप अभियान सञ्चालन गरेको बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...