Admission Open

स्वास्थ्य संस्थामा सुत्केरी गराउने ११ हजार

भरतपुर, २५ फागुन : चितवनमा चालू आर्थिक वर्षमा १० हजार ५४८ जना सुत्केरी भएका छन् । जसमा स्वास्थ्य संस्थामा सुत्केरी गराउने १० हजार ३११ जना छन् । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार यो अवधिमा ३५।७ प्रतिशत महिलाले शल्यक्रियामार्फत् बच्चा जन्माएका छन् ।

सुत्ेकरी हुनेमध्ये तीन हजार ७६२ महिलाले शल्यक्रियामार्फत् बच्चा जन्माएको जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिनुभयो ।

दुई प्रतिशत अर्थात् २१८ महिलाले ‘भ्याकुम फोर्स’का सहायताबाट बच्चा जन्माएको उहाँले बताउनुभयो । ६२।३ प्रतिशत अर्थात छ हजार ५६८ महिलाले समान्यरुपमा बच्चा जन्माएको कार्यालयको तथ्याङक छ ।

चालू आवमा मातृ मृत्युदर एक लाखमा ३३।२ रहेको छ भने जन्मेको २८ दिनभित्रमा २१ जना शिशुको ज्यान गएको छ । गत आव २०७६÷७७ मा ३४।३ प्रतिशत अर्थात छ हजार ४४९ महिलाले शल्यक्रियामार्फत् बच्चा जन्माएका थिए । गत आवमा जिल्लाभरमा १८ हजार ७८५ महिला सुत्केरी भएका थिए । जसमा स्वास्थ्य संस्थाबाट १८ हजार ४९३ जनाले सुत्केरी गराएका थिए ।

भरतपुर अस्पतालका स्त्री तथा प्रसूति विभागका प्रमुख डा सुनिलमणि पोख्रेलले महिलाको शारीरिक अवस्था, बच्चाको अवस्थालगायतका विभिन्न कारणले गर्दा आमा र बच्चाको स्वास्थ्यमा असर पर्ने देखिएमा डाक्टरले नै शल्यक्रिया गराउन सल्लाह दिनुहुन्छ । कतिपय अवस्थामा पीडा सहन नसक्दा गर्भवती र आफन्तले नै शल्यक्रिया गरिदिन भन्ने गरेको उहाँले बताउनुभयो ।

पछिल्लो समय महिलाले जोखिम मोल्न र पीडा सहन नसक्दा शल्यक्रिया गरेर सुत्केरी गराउने क्रम बढेको डा पोख्रेल बताउनुहुन्छ । “यस्तै एकपटक शल्यक्रियामार्फत् बच्चा जन्माएकी महिलाले अर्को पटक जन्माउँदा पनि शल्यक्रिया गर्नुपर्ने भएकाले पनि यो दर बढ्दै गएको उहाँले बताउनुभयो ।”

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...