काठमाडौं, २४ चैत : प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसद गोविन्द बन्दीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनाएका छन् । देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुनमन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् ।
बिहीबार प्रधानमन्त्री देउवाले गरेको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले बन्दीलाई कानुन मन्त्रीमा नियुक्त गरेकी हुन् ।
मन्त्री बन्दीको शपथ दिउँसो २ बजेका लागि तय गरिएको राष्ट्रपति कार्यालयले अवगत गराएको छ ।