Admission Open

खैरहनीमा मनाइयो महिला दिवस

एक सय एघारौँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा खैरहनी नगरपालिकामा प्रशिक्षणात्मक कार्यक्रम गरिएको छ । कार्यक्रममा अधिवक्ता मुकुन्द दाहालले सुरक्षा, रोजगार र कानूनका बारे प्रशिक्षण दिनुभएको थियो । साथै श्रमका कारण महिलामाथि भएका विभेदका बारे जानकारी दिँदै प्रशिक्षित गराइएको थियो । दिवसका दिन विभिन्न सङ्घसंस्थाले कार्यक्रम गर्ने भएकाले एक दिनअघिनै नगरका सबै सरोकारवाला निकाय र महिला सङ्घसंस्थाका प्रतिनिधिको उपस्थितिमा कार्यक्रम गरिएको खैरहनी नगरपालिकाका महिला तथा बालबालिका शाखा उपप्रमुख विमला रानाभाटले बताउनुभयो । कार्यक्रममा नगरपालिका उपप्रमुख सुनिता थपलियाले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...