Admission Open

अध्यक्ष रोजगार कार्यक्रम’ घोषणा

मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाले अध्यक्ष रोजगार कार्यक्रम’ घोषणा गरेको छ । युवा जनशक्तिलाई रोजगारतर्फ उन्मुख गराउने उद्देश्यले ‘अध्यक्ष रोजगार कार्यक्रम’ घोषणा गर्नुभएको हो । यस कार्यक्रमअन्तर्गत युवायुवतीको मागअनुसार विभिन्न प्रकारका तालीम सञ्चालन गर्ने गाउँपालिकाको योजना छ । चालू आर्थिक वर्ष ०७७÷०७८ भित्र ड्राइभिङ तालीम, होमस्टे तालीम, सौन्दर्य तालीम, इलेक्ट्रिसियन तालीम, कम्प्युटर तालीम सम्पन्न गर्ने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ ।

जसअन्तर्गत ड्राइभिङ तालीम, होमस्टे तालीम र सेक्युरियटी गार्डको तालीम यसअगावै सञ्चालन भइसकेका छन् भने एक महिने कम्प्युटर तालीम हाल जारी छ । यसैगरी सौन्दर्य र इलेक्ट्रिसियन तालीम सञ्चालनको क्रममा रहेको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...