Admission Open

आर्टिस्टनेपालले ल्यायो कलाकार आफैले प्रोफाईल पृष्ठ सृजना गर्न सकिने वेबसाईट

काठमाडौं : आर्टिस्टनेपालले संचालनको १२ औं बर्षको उपलक्ष्यमा कलाकार आफैले आफ्नो प्रोफाईल पृष्ठ सृजना गर्न सकिने वेबसाईट सार्बजनिक गरेको छ । सन २०१० मा कलाकारको जीवनी संग्रह गर्न सुरु भएको यस artistnepal.com साईटमा गएर बिभिन्नविधाकाकलाकारहरुले आफ्नोप्रोफाईल, फोटो, भिडियो, अवार्ड लगायत सम्पूर्ण जानकारीहरु आफैले आफ्नो नामको पेज रजिस्टर गरि अपडेट गर्न सक्नेछन।

मिडिया, संचारकर्ममा आबद्द भई पहिचानबनाएका संचारकर्मी, रेडियोकर्मी तथा टेलिभिजनकर्मीहरुले पनि मिडिया पर्सनालिटीको रुपमा आर्टिस्टनेपालमार्फत पृष्ठ बनाउन सक्नेछन।

यस वेबमार्फत गीत संगीतचलचित्र, बाध्यबादन, मोडलिङ्गसँग सम्बन्धित सबैबिधाका सम्पूर्ण कलाकार, संचारकर्मी लागायत सबैले आफ्नो पृष्ठ सृजना गरेर आफैले भर्न सकिने सँस्थाकानिर्देशकनव ढुङ्गेलले जानकारी दिए। अब हरेककलाकारको आफ्नै छुट्टै वेबपेज हुने र यसको लागि छुट्टै डोमेन लिनु नपर्ने भन्दै उनले भने “आर्टिस्टनेपालविश्वभर फैलिएको नेपालीकलाकारहरूको समुदायहो, जहाँनयाँपुराना सबै कलाकारहरू आफैले आफ्नो प्रोफाइल र जानकारी सङ्ग्रहगर्न सक्नेछन् र यसको लागिआह्वानपनिगर्दछौ।

यसका साथै पछिल्लो समयको मागअनुरुपकलाकारहरूले सम्मानित पेशालाई थपजिम्मेवार, एकताबद्ध बनाउन र बिगतको कामहरु हेरेर उत्कृष्ट कलाकारहरूसँग व्यवशायिकप्रयोजनको लागिविश्वव्यापी रूपमालगानीगर्न वाकामगर्नका लागि यावेबसाईटले सहयोग पुग्ने ढुंगेलले बताए।

अझै धेरै अत्यावश्यकफिचर्सहरु थपिने क्रममा रहेको यस आर्टिस्टनेपालमा धेरै कलाकारहरुले आफैले प्रोजाईल सृजनागरिसकेका छन् भने केहि कलाकारलाई आर्टिस्टनेपालआफैले खाताखोलेर सम्मान स्वरुप ेप्रोफाईल, हस्तान्तरण गर्ने तयारी गर्दैछ।

कलाकार तथाकलासँग सम्बन्धित सबैलाई प्रवद्र्धन गर्न, एक आपसमाचिनाउन, एकताबद्द गर्नका लागि समर्पित यो वेबसाईट मार्फत उनीहरू असंख्य शुभचिन्तकहरु माझपुग्न सक्ने, कलाकारहरूको डाइरेक्टरीको रुपमापर्योग गर्न सकिने आर्टिस्ट नेपालका संस्थापकनिर्देशकनव ढुङ्गेलले बताएकाछन।

कसरी प्रयोगगर्ने ?

वेब ब्राउजरमा गएर artistnepal.com टाईप गर्ने। युजर नाम र ईमेल आईडी हालेर रजिस्टर गर्ने ।आफ्नो ईमेलमाजाने र आर्टिस्टनेपालमार्फत आएको कन्फरमेसन ईमेलमाआएको लिंकमाक्लिकगर्ने ।जहा बाट पासवर्ड परिवर्तन गर्नुहोस र पुनस् वेबसाईटमा गएर लगईन गर्नुहोस। भित्रआकर्षक ड्यासबोर्ड पाउनुहुनेछ जहा बाट तपाईले बनाउन सक्नुहुनेछ आफ्नै वेबपेज।

आफ्नै ड्यास्बोर्ड जहाँआफैले आबश्यकअनुरुपफोटो ग्यालरी ,प्रोफाईल, भिडियो राख्नुहोस । र पर्सनल वेबसाईटको रुपमाप्रयोग गर्नुहोस। या मद्दतको लागि https://artistnepal.com/help/ मा गएर पनि थप बुझ्न सकिनेछ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...