Admission Open

ad place

आजको मौसम: आज देशभर सामान्यतया मौसम सफा रहने

काठमाडौ, ७ पुस : आज देशभर सामान्यतया मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तथापी देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज शनिबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । भोली फागुन ८ गते आइतबार पनि देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...