Admission Open

ad place

सुनको मूल्य प्रतितोला ५ सयले बढ्यो

काठमाडौं : सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको प्रतितोला ५ सय रुपैयाँले बढेर ९३ हजार १ सय रुपैयाँ पुगेको छ । पहेँलो धातु सोमबार प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ छ, यसको मूल्य अधिल्लो दिन ९२ हजार १ सय थियो ।

यस्तै आज मंगलबार चाँदीको मूल्य अधिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार २ सय ६० रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ ।

अन्तरर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔँस एक हजार ८ सय १९ डलर आसपास कारोबार भइरहेको छ । (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...