काठमाडौं, २२ माघ : मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले नेपालमा आज पनि अधिकांश स्थानहरुमा मौसम बदली हुने, कतिपय स्थानहरुमा वर्षा र हिमपातको सम्भावनासमेत रहेको जनाएको छ ।
अहिले प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि बदली रहनुका साथै कतिपय स्थानमा हल्का वर्षासमेत भइरहेको छ ।
काठमाडौँ उपत्यकाको मौसममा अपराह्नपछि सामान्य सुधार आउने जनाइएको छ ।