नेपाली माला - खबरै खबरको माला, नेपाली माला
२७ फाल्गुन २०८२, बुधबार
नेपाली माला - खबरै खबरको माला, नेपाली माला

काठमाडौं, ८ माघ : आज शनिबार १० हजार २५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा नेपालमा थप १६ जनाको मृत्य भएको छ। योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६५१ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा २० हजार १८७ नमुना परीक्षण गर्दा १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, विगत २४ घण्टामा देशभर ७ सय ०८ संक्रमणमुक्त भएको मन्त्रालयकाको तथ्यांकमा उल्लेख छ।
मन्त्रालयका अनुसार हाल देशभर ७२ हजार ८६२ संक्रिय संक्रमित छन् ।