Admission Open

ad place

व्यावसायिक जीवनमा हालैका केही दिन सर्वाधिक कठिन परिस्थिति बन्यो : आनन्दराज बतास

काठमाडौं : बतास अर्गनाईजेशनले आफूलाई साथ दिने सबैप्रति आभार तथा धन्यवाद व्यक्त गरेको छ । नारायणहिटी दरबार संग्रहालय भित्र रेष्टुरेन्ट सञ्चालन गर्न लागेको भन्दै बतासको आलोचनासहित विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन तथा प्रशारण भएका थिए । बतासमाथि लागेका आरोपहरुको सम्बन्धमा सो समूहले ७ बुँदामा स्पष्टीकरण दिएको थियो । सो स्पष्टीकरणलाई सार्वजनिक गर्न नेपालका सञ्चार माध्यमले खेलेको भूमिका प्रति सो समूहले कृतज्ञता तथा आभार व्यक्त गरेको हो ।

‘बतास अर्गनाईजेशन लक्षित सुनियोजित आक्रमणको सारथि बनेको भनेर हामीले नेपालका आम सञ्चार मध्यमप्रति गरेको गुनासोप्रति सञ्चार माध्यमले देखाएको सदा सहयताको लागि हामी आभारी छौँ,’ अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो ७ बुँदे प्रष्टीकरणको सार्वजनिक करणमा नेपालका सबै प्रकारका सञ्चार माध्यमहरूले गरेको सहयोग प्रति कृतज्ञता व्यक्त गर्न यो धन्यवाद पत्र तयार गरिएको हो ।’

आफूहरुलाई प्रतिनिधि बनाएर नेपालको समग्र निजी क्षेत्रलाई हतोत्साहित पार्ने काम भएको समूहले जनाएको छ । ‘हामीले आफ्ना तर्फबाट हामीलाई बदनाम गर्ने उद्देश्यले उठाइएका सबै प्रश्नहरूबारे प्रतिक्रिया सार्वजनिक गरेपछि सबैलाई क्षणभरको लागि भ्रममा राख्न सकिन्छ तर सबैलाई सधैंको लागि ढाँट्न सकिँदैन भन्ने तथ्य फेरी एक पटक स्थापित भएको छ । यो सत्यको पुनस्र्थापनामा आम सञ्चार माध्यमले पु¥याएको योगदान हाम्रा लागि अपार छ । तपाईं वास्तविक सञ्चारकर्मीहरूको यो सहयोगप्रति बतास अर्गनाईजेशन सदैव ऋणी रहने छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामीलाई प्रतिनिधि बनाएर नेपालको समग्र निजी क्षेत्रलाई हतोत्साहित पार्ने नेपालको आर्थिक विकास र प्रगति बिरोधीहरुको योजनाप्रति सजग रहँदै त्यसको प्रतिकार गर्ने र यो अर्गनाइजेशनको मान मर्दनलाई समग्र निजी क्षेत्र माथिको आक्रमणको रूपमा लिएर आफ्नो स्पष्ट असन्तुष्टि व्यक्त गर्ने नेपाल उद्योग वाणिज्य संघ, पोखरा उद्योग वाणिज्य संघ लगायतका नेपाली उद्योगी/व्यवसायीका छाता संगठनहरूको नेतृत्वमा रहनु भएका व्यक्तित्वहरूको अमूल्य बचनहरू हाम्रा लागि सञ्जीवनी साबित भएका छन् । उहाँहरूको साथ र हामी प्रतिको भरोसाका लागि आभार व्यक्त गर्न चाहन्छौं ।’

टिप्पणिहरु
Loading...