Admission Open

ad place

वास्तवमा दैनिक संध्याबन्धन, नित्यकर्म पूजा र संध्याबन्धन नित्यकर्म सेवापूजा के हो ?

# श्रीसच्चिदानन्दशर्मा घिमिरे

May be an image of 1 person and outdoors
गुरु पूरोहितहरूले हाम्रो समाजलाई सभ्य र सुसंस्कृत राख्न यजमानहरूका घर घरमा दैनिक संध्याबन्धन सेवापूजा नै गर्नु र गराउनु अनिवार्य छ । यो संस्कृति मात्र नभएर ऋषि परम्परा सनातन धर्मका रुपमा नै रहेको छ । अतः दैनिक संध्याबन्धन नित्यकर्म पूजा र संध्याबन्धन नित्यकर्म सेवापूजा के हो ? यस्तो कर्म अनिवार्य किन ? पूजा विधि कस्तो हो र कसरी गर्ने ? सबैलाई जिज्ञासा उठ्नु स्वभाविक नै हो । अतः आज म यसको वैज्ञानिक पक्षलाई समेत दृष्टिगत गरि सरलरुपले संक्षेपमा चर्चा गर्ने प्रयास गर्दैछु ।
सृष्टिको शुरुमा नै मान्छेले भाषा रहन सहन, वानीव्यवहारहरू सबैकुरा जानेर सभ्य भएका होईनन् । वैदिक सभ्यतामा आईपुग्न हज्जारौं वर्ष लाग्यो होला । हाम्रा पूर्खा ऋषि मुनिहरू प्रति हामी सधैं कृतज्ञ नै रहनु पर्दछ किनभने वैदिक सभ्यतामा ल्याउन पनि हज्जारौं ऋषि, महर्षि र तपस्वि मुनिहरूको योगदान रहेको छ । ऋषि, महर्षि र तपस्वि मुनिहरूको अध्ययन अनुसन्धानबाट खारिएर आएका धेरै उपहार मध्ये दैनिक संध्याबन्धन नित्यकर्म सेवापूजा पनि एक महत्वपूर्ण उपहार हो । यसमा आफ्नो शुद्धता र अरूलाई गरिने आतिथ्य सत्कार सेवालाई निरन्तरता राख्ने सभ्यताको अभ्यास गरिन्छ । यसले प्रेमपूर्ण सेवाभावलाई कहिल्यै विर्सन नहुने कुराको वारवार स्मरण गराउँछ ।
नित्यकर्म सेवापूजाको अर्थ ध्यान र चितशुद्धि गरि प्रेमपूर्वक सकारात्मक उर्जा फैलाउनु नै हो । आफू र आफ्ना वरिपरिको वातावरणको पवित्र, शुद्धि गरि सकारात्मक उर्जा फैलाउन गरेने सबै प्रकारका काम नै संध्याबन्धन नित्यकर्म सेवापूजा हुन् । यसका लागि ईश्वरप्रति भक्तिभाव जगाई यहि लोकमा रहेर पनि सर्वशक्तिमान परम् परमेश्वरको सान्निध्य पुगेको अनुभव गरि असिम प्रेम जगाउने र संसारमा रहेका सबै चिजमा परम् परमेश्वर व्याप्त रहेको महसुस कायम राखेर ती सबै प्रति विवेकी दयालु भई असिम प्रेम जगाई आफैं र आफ्ना संगतमा आएका सबैलाई सभ्य शालिन व्यक्तित्व बनाई सभ्य सुसंकृत समाजमा समुन्नत गर्ने अभ्यास हो । संक्षेपमा संध्याबन्धन नित्यकर्म पूजा भनेको पनि कर्मकाण्ड नै हो अर्थात देखावटि प्रेम सद्भाव मान सम्मान मात्र हो तर संध्याबन्धन नित्यकर्म सेवापूजा भनेको चाहिँ भित्रैदेखि दयालु भई प्रेमभाव पैदा गर्दै वरिपरिको वातावरणमा नै सकारात्मक उर्जा फैलाउन गरिने काम हो सेवा हो । हामी यस समाजमा देखावटि दयालु विवेकशील भएर मात्र पुग्दैन अतः भित्रैदेखि दयालु विवेकी भएर सबैमा प्रेमपूर्ण सेवाभाव प्रकट गरि राख्न गरिने अभ्यास साधना नै संध्याबन्धन नित्यकर्म सेवापूजा हो । आफ्नो वरिपरिका वस्तु चिजबिज सधैं आफुलाई मन पर्ने मात्र हुन सक्छन् भन्ने छैनन्, मन नपर्ने पनि हुन सक्छन् । मन नपर्दा पनि एकनासको प्रेमले गरिने आदर सत्कारको अभ्यास नै संध्याबन्धन नित्यकर्म सेवापूजा हो । दैनिक रुपमा आफुलाई भलो गर्ने व्यक्तित्व मात्र घरमा आउने, आफ्ना नजिक संगतमा आउने नहुन सक्छन्, कहिलेकही आफ्ना विरोधिहरू मन नपरेका मानिसहरू, वस्तुहरू वा चिजहरू पनि आफ्ना घरमा वा आफ्ना नजिक संगतमा आउँन सक्छन् त्येतिखेर पनि आफुवरिपरि नकारात्मक उर्जा बढ्न नदिन सकारात्मकता मात्र फैलाउन समान रुपले दयालु विवेकि भई तिनिहरूमा प्रेमपूर्ण उचित सत्कार मानसम्मान प्रकट गरि सरसफाई आसनादिको स्थिति मिलाई खानपानको व्यवस्था पनि गर्ने अभ्यास नै संध्याबन्धन नित्यकर्म सेवापूजा हो । अझ यसलाई संक्षेपमा भन्ने हो भने मानवमा सभ्य वानीको विकास गर्न गरिएको दैनिक अभ्यास नै संध्याबन्धन नित्यकर्म सेवापूजा हो ।
हाम्रा घरमा गरिने दैनिक संध्याबन्धन नित्यकर्म पूजामा निश्चित ठाउँमा दीयो कलस सहित मूर्ति, सालिग्राम भगवान, वेद भागवतादि शास्त्र अर्थात यज्ञादि कुण्ड नजिक बसेर गरिएका जप, तप, साधना दान, पुण्य होमादि, आसन, जल, फूल माला, चन्दन, अर्घ, खाद्य प्रसाद वा खुसि, सेकताप आरति, मन्त्र पाठ, गुणगान भजन दक्षिणादि जस्ता कर्महरू देखावटि मात्र गरिन्छन् भने कर्म काण्ड हुन् तर त्यही विधिलाई व्यवहारिक रुपमा घर परिवार, अतिथि पाहुनाहरू र वरिपरि रहेका व्यक्तिहरू तथा वस्तुभाउसम्म सबैमा आदरपूर्वक मानसम्मान प्रकट गर्दै सत्कार र प्रेमपूर्ण रुपमा आसन, जल, फूल माला, चन्दन, अत्तर, अर्घ, खाद्य प्रसाद वा खुसि, सेकताप आरती, मन्त्र पाठ, गुणगान भजन दक्षिणादि प्रदान गरेर वरिपरिको वातावरणमा सकारात्मक उर्जा फैलाईन्छ भने संध्याबन्धन नित्यकर्म सेवापूजा हुन्छ । नित्यकर्म सेवापूजाले आध्यात्मिक सेवाको माध्यमद्वारा चेतन मानसिकतामा नै आत्मियता, खुसि, शान्ति प्रेम तथा करुणा जगाउँछ जस्ले मानव समाजलाई सभ्य र सुसंस्कृत बनाउँछ । अतः यो वैज्ञानिक छ, स्वथकर छ र मानव समाजलाई आरोग्य र सभ्य राख्न सघाउँछ ।
यसरी तिनै सन्ध्यामा घरमा नित्यकर्म सेवापूजा गर्नाले परिवार विच आपसि प्रेम कायम रहन्छ, सुवास वा वासना फैलिनाले घर मन्दिर जस्तो बन्छ । घरमा सधैं सकारात्मक उर्जा मात्र पैदा हुन्छ नकारात्मक उर्जा रहन पाउँदैन । घरमा कथमकदाचित झुक्किएर खराव कुराहरू प्रवेश गरेछन् भने पनि टिकि रहन सक्तैनन् । यसले गर्दा घरमा बसि रहँदा पनि आनन्दको अनुभूति भई रहन्छ, जहानमा आपसि प्रेमभाव कायम रहि रहन्छ । यसो गर्दा घरमा झगडा कहिल्यै पर्दैन । घरमा बस्नेहरूमा सधैं उत्साह, खुसि, बढाउँछ, एक्लो र निरासा कहिल्यै हुन पाउँदैन, तनाव डिप्रेशन, मस्तिष्कघात, माइग्रेसन, टाउको दुखाई, पागलपन, मानसिक रोग, उच्च रक्तचाप, नशा च्यापिने, अलजाइमर, डिमेनसिया, बिर्सने रोग जस्ता आदि रोगहरू पनि कहिल्यै लाग्दैन । वास्तवमा नै घर स्वर्ग जस्तो हुन्छ । संध्याबन्धन नित्यकर्म सेवापूजाको महत्व यहि हो ।
खास गरि प्रत्येक दिन विहान दिउस र सायम तीन सन्ध्यामा संध्याबन्धन नित्यकर्म सेवापूजा गर्नु पर्ने सनातन धर्म वा ऋषि परम्परा रहेकोछ । संध्यामा अनिवार्य गरिने नित्यकर्म सेवापूजा भएकोले नै “संध्याबन्धन सेवापूजा ” भनिएको हो । यसरी गरिने दैनिक संध्याबन्धन सेवापूजामा खास के के हुन्छ, कसरी गरिन्छ एक एक गरि संक्षेपमा चर्चा गरौं –
संध्याबन्धन नित्यकर्म सेवापूजा गर्ने मुख्य तीन चरण छन् –
१. निश्चित ठाउँ र सामाग्रीहरूको व्यवस्था गर्ने ।
२. आफैंमा सध्याबन्धन नित्यकर्म सेवापूजा गर्न लायकको व्यक्तित्व(पात्र) निर्माण हुने ।
३. सध्याबन्धन नित्यकर्म सेवापूजा विधीद्वारा चितशुद्धि गरि प्रेमपूर्वक सकारात्मक उर्जा फैलाउने ।
१. निश्चित ठाउँ र सामाग्रीहरूको व्यवस्था –
स्थान(ठाउँ)को व्यवस्था –
घर भित्र भूईंतलामा ईशान दिशा तर्फ सकेसम्म परिवारका सबै सदश्य बसेर योगासन, प्राणायाम, जप, उपासना, भजन कीर्तन, नृत्य गर्न सकिने खुला कोठाको व्यवस्था गर्न सके धेरै राम्रो हुन्छ । अहिले ठाउँ अभावका कारण पूजा स्थल धेरै जसो घरको छतमा बनाएको देखिन्छ । छतमा पूजा स्थल छ भने पनि हरेक पटक आरति, धूप, दीप अत्तर आदिको बासना घरको भूईंतलादेखिकै सबै कोठामा पुर्याई फैलाउनु नै पर्छ ।
पूजा सामाग्रीहरूको व्यवस्था –
सकेसम्म पूजा सामाग्रीमा प्रयोग हुने सबै भाडा वर्तनहरू तामाको धातुले बनेको हुनु पर्छ नभए चाँदि वा पित्तलको धातुले बनेको हुनु पर्छ ।
क. स्थापना गरि राख्न पानी भरेको ठूलो कलश१, पानी राखेको सानो कलस १; जल राखेको पञ्चपात्र १; हातमुख धुने पानी दिन र जल अचाउन आचमनि २; अर्घ जल चढाउन राखेको अर्घौतो १ ।
ख. जल, जौ, तिल, अक्षता, कुशका टुक्रा, बेसारको धुलो, श्रीखण्ड, रक्त चन्दन, सयपत्री फूलको रस, जाईको फूल गुर्जोका कुड्का समेत राखेको कर्मपात्र कचौरा १ र नैवेद्य फलफूल आदि प्रसाद राखेको कचौरा १
ग. १ खण्डमा सेतो श्रीखण्ड वा पहेलो वेसारको चन्दन, १ खण्डमा रक्त चन्दन, १ खण्डमा सेतो, पहेलो फूल, १ खण्डमा रातो, गुलाफि फूल, १ खण्डमा जनै, धागो, दक्षिणा, १ खण्डमा जौ तिल, १ खण्डमा चामल गरि ७ खण्डे थाली १ ।
घ. आरतीको दीयो १, मूल दीयो १
ङ. कपुर, वत्ती र धुप राखेको धुपौरो १
च. शंख १ र घण्ट १ ।
छ. स्थापना गरि राख्ने ठूलो कलश र स्थापना गरि राख्ने दीयो बाहेक उल्लेखित सबै भाँडा वर्तन अटाउने ठूलो थाली १ ।
ज. आआफ्नो विश्वास अनुसार मूर्ति, फोटो वा शालिग्राम भगवान, वेद भागवतादि अनुभव ज्ञान भगवान अथवा होमादि गरिने अग्नि कुण्ड वा दीपलाई सजाएर राखेको पात्र १ । घरमा स्थापना गरिने मुर्ति फोटो १ फीट भन्दा अग्लो स्थापना गर्नु हुँदैन ।
अहिले रक्तचन्दनको सट्टा अबीर वा सिंदूर, पहेलो वेसारको सट्टा केसरी उपयोग गर्ने चलन गर्नु पूर्णरुपमा गलत हो । पूजामा प्रयोग हुने सबै चन्दनहरू जडिबुटीबाट बनेको नै हुनुपर्छ ।
२. आफैंमा सध्याबन्धन नित्यकर्म सेवापूजा गर्न लायकको व्यक्तित्व(पात्र) निर्माण हुने विधि –
सामान्यतया हरेक पटक परिवारका सबै सदश्यहरूले नित्यकर्म सेवापूजा गर्न लायक हुने कर्म गर्न आवश्यक छ । सर्व प्रथम रोगी भएर थलिएको, महिनावारि वा सुत्केरी भएको अवस्थाका व्यक्तिले पनि सकेसम्म सन्ध्याबन्धन नित्यकर्म त गर्नु पर्छ तर पनि तिनले सेवापूजा गरेर सकारात्मक उर्जा फैलाउन सक्तैनन् । अतः महिला वा पुरुष जे भए पनि त्यस्ता व्यक्तिहरू सेवापूजा प्रसारणका लागि चाहीं योग्य हुँदैनन् ।
नित्यकर्म सेवापूजाको लागि योग्य हुनका लागि गरिने सन्ध्याबन्धन नित्यकर्म विधि –
क. प्रतः जागरण –
प्रातः काल ब्रह्म मुहूर्त अगावै (सूर्योदयभन्दा ४८ मिनेट अघि ) बिउँझिनु र ईश्वरलाई धन्यवाद दिंदै ब्यूँझनासाथ सयनमा नै मन्त्र साथ स्मरण गर्नु –
ॐ प्रातरग्निं प्रतःरिन्द्र ्ँ हवामहे, प्रातः मित्रा वरुणा प्रातः रस्विना, प्रातर्भगं पूषणं ब्रह्मणस्पति, प्रातः सोम मुत रुद्र ँ् हुवेम ।
*प्रात: कर-दर्शन मन्त्र –
ॐ कराग्रे वसते लक्ष्मी:, करमध्ये सरस्वती ।
कर मूले ‘स्थितो ब्रह्मा’ (तु गोविन्द:), प्रभाते करदर्शनम् ॥१॥
* पृथ्वी क्षमा प्रार्थना गर्दै ढोग्ने मन्त्र –
ॐ समुद्रवसने देवि ! पर्वतस्तन (मंड्ले)मण्डिते ।
विष्णुपत्नि! नमस्तुभ्यं पादस्पर्श क्षमस्वे ॥२॥
* १ गिलास पानी उषापान गर्नु –
* मलमुत्र त्याग शौचादि कर्म –
उत्तिष्ठन्तु चये देवा य चात्र च निवासिनः ।
मल मुत्र करिष्यामी आज्ञादहि वसुन्धरे ।।
* दतिवन लगाई दाँत माझ्नु भन्ने मन्त्र-
आयुर्बलं यशो वर्च: प्रजा: पशुवसूनि च।
ब्रह्म प्रज्ञां च मेधां च त्वं नो देहि वनस्पते।।
ख. स्नान नुहाउने संकल्प-
(सत्य दयालु परमात्मा परब्रह्म ! यो श्रृष्टि कसको आज्ञा वा कहिलेदेखि कसले चलायो, आज कुन कल्प चलिरहेको छ, कुन मनुको पालो छ, कुन युगमा, कुन लोकमा देश, प्रदेश, जिल्ला गाउँ स्थानमा बसेर कुन ससंवतसर र अयनमा, ऋतु, महिना, चन्द्रमानुसार महिना पक्ष तिथी नक्षत्र, बार ग्रहहरु कुन राशीमा बसेका छन् आज आफ्नो गोत्र प्रवर नाम के हो, के कामना लिएर यो यज्ञ, पुजा, दान, संस्कार, श्राद्ध जे कर्म गर्न लागिएको हो गर्दै छु भनेर मनको भाव ब्यक्त गर्नु प्रतिज्ञा संकल्प गर्नु हो ।
संकल्प मन्त्रको मुख्य उदेश्य मन र बुद्घिलाई एक ठाउँमा केन्द्रित गरि आफ्नो लक्ष्यमा ध्यान दिनु नै हो । संकल्प मन्त्रलाई संकल्प शक्ति पनि भन्न सकिन्छ किन भने यो मन्त्रले हाम्रो भौतिक शरीरमा उर्जा प्रभाव गर्दछ। संकल्प एक माग वा प्रार्थना होइन, यो गहिरो व्यवस्थित तथ्यको एक बयान हो र हालको क्षणमा सत्य हो। यस कारणले हामीले गरेको संकल्प वर्तमान कालमा हुनु पर्दछ। )
हरि: ॐ ! तत्सत् ३ । ब्रह्मणो द्वितीय परार्धे सप्तम वैवस मनुमन्तरे अष्ट विंसतितमे श्वेत बराह कल्पे बौद्ध अवतारे कलियुगे प्रथम चरणे आर्यावर्त अन्तर्गत नेपाल गोरक्षा देशे, पाशुपत क्षेत्र दक्षिण द्विभागे, बागमती प्रदेशे, ललितपुर जनपथे बागमती अन्तर्गत इकुडोल ग्रामे / नगरे यह पुन्य भुमौ, सष्ठी संवतसराणाम् मध्ये राक्षस नाम संवत्सरे श्री सूर्य दक्षिणायने, वर्षा ऋतु भाद्र मासे चाद्रेण श्रावण शुक्ल पक्ष पुर्णिमा तिथौ धनिष्टा नक्षेत्रे रवि वासरे अद्य काश्यप गोत्र काश्यप अवत्सार नै ध्रुवचेति त्रिप्रवरस्य किशोरानन्द शर्मणः अहं मम श्रुतिस्मृति पुराणोक्त फल प्राप्त्यार्थं नित्यकर्म अन्तर्गत स्नानम् कर्म अहं करिष्यामी ।
* अंग न्यास –
ॐ वाकवाक – मुखमा । ॐ प्राणः प्राणः – नाकमा । ॐ चक्षु चक्षु – आँखामा । ॐ श्रोत्रम् श्रोत्रम् – कानमा । ॐ नाभ्यम् – नाभिमा । ॐ हृदय – छातिमा । ॐ कण्ठ – घाँटिमा । ॐ शिरः – शिरमा । ॐ बाहुभ्यम् यसोबलम् – पाखुरामा । ॐ करतल करपृष्टे – हातको तल र पछाडिमा ।
*. अंग पवित्रता मन्त्र –
ॐ भू पुनातु – शिरसे। ॐ भुवःपुनातु – नेत्रयो । ॐ स्वः पुनातु – कण्ठे । ॐ महः पुनातु – हृदये । ॐ जनः पुनातु – नाभ्याम् । ॐ तपः पुनातु – पादयो । ॐ सत्यम् पुनातु – पुनः शिरशे । ॐ खंब्रह्मः पुनातु – सर्वत्र ।
*. पाप क्षमा माग्ने मन्त्र –
ॐ ऋत्यञ्च सत्यञ्चा भिध्यत तपसो ध्यजायतः,
ततो रात्र्या जायेते ततः समुद्र अर्णवः ।।
ॐ समुद्रा दर्णवा दधि संवतसरो अजायत,
अहो रात्र्यणि विधदत् विस्वस्य मिसतो मसि ।
ॐ सूर्याचन्द्रमसि धाता यथा पूर्वं अकल्पयत् ।
दिवञ्च पृथ्वीञ्चान्तरिक्ष मथो स्वः ।।
“हे ईश्वर ! यस संसारमा जति पनि ऋतु वा पदार्थहरू छन्,ती सबै तपाईले रचना गर्नु भएको हो । तपाईंले नै सूर्य चन्द्र आदि नक्षत्रहरूलाई अनादि कालदेखि रचना गरेर धारण गर्दै रहनु भएको छ । हाम्रा सबै पापहरू क्षमा गर्नु होस् ।”
*. स्नान मन्त्र –
सेती भेरी महाकाली गण्डकी कौशिकी अनि
कर्णाली शुद्ध पार्दछिन् जति पाप भए पनी।।
ॐ गण्डकी, कौशिकी चैव गोदावरी च बागमाती ।
कर्णाली चैव तिर्थेषु, जलेस्मिन् सन्निधिम् कुरु ।।
ॐ पुनन्तु मा देवजनाः पुनन्तु मनसा धियः ।
पुनन्तु विश्वा भूतानि जातवेदः पुनीहि मा ॥
ॐ आपो हिष्ठा मयो भुवस्ता न ऊर्जे दधातन। महे रणाय चक्षसे॥
अब स्नान गर्ने ।
*. केशको पानी विरुवामा खसाल्ने मन्त्र (महिलाहरूले नछुने भएर नुहाई चोखिदा केशको सुन पानी विरुवामा छर्ने मन्त्र पनि यही हो) –
ॐ लता वृक्षेषु गुल्मेषु वर्तन्ति पितरो मम
तेषां आप्यानार्था तु इदमस्तु शिखोदकम् ।।
लहरा वृक्ष झाडीमा रहेका पूर्खा जो मेरा ।
तिन्का तिर्खा मिटाउने, हुन सकुन् यिनै छिटा ।।
*.सूर्यलाई अर्ध्य दिंदाको मंत्र –
ॐ यही सूर्य सहस्रांसो तेजो राशी जगत्पते ।
अनुकम्पाय मांभक्त्या गृहनार्घ्य दिवाकर !८ ।।
ॐ भूः भुवः स्वः । तत्सवितुर्वरेण्यम् ,भर्गो देवस्य धीमहि, धियो यो नः प्रचोदयात् । इदम् अर्घ्यम् समर्पयामी ब्रह्म/ रुद्र / विष्णु स्वरुपिणे श्री सूर्यनारायणे नमः । ( तुलसीमा पर्ने गरि विहान ब्रह्म, दिउस रुद्र र साँझ विष्णु रुपका सूर्यलाई जल चढाअौं )
नुहनउने विधि सकियो ।
ग. अब लुगा लगाउनु नित्यकर्म सेवापूजा सामाग्रीहरू लिएर आआफ्ना विश्वास अनुसार फोटो, मूर्ति, पञ्चायन शालिग्राम वा भागवत वा अग्नि कुण्ड रहेको पूजा स्थल सामू जानू ऐना हेरेर श्रीखण्डादि टीका तिलक अत्तर लगाई भोजन गरेको कम्तिमा ३ घण्टा भएपछि मात्र कुशको आसनमा रहेर सूक्ष्म व्यायाम गर्नु –
शिरदेखि पाउसम्म सबै अंग संचाल हुने गरि १०/१० सेकेण्डका दरले व्यायाम गर्नु ।
घ. पञ्चश्रद्धा साधना-
अब पुजा सामाग्रीहरू तयारी राख्नु अनि कुशको आसनमा तुलसाको मठ वा मन्दिर नजिक नै बसेर पञ्चश्रद्धा साधना गर्नु-
१. गुरु मन्त्र :-
ॐ गुरुर्ब्रह्मा गुरुर्विष्णु: गुरु देवो महेश्वर: ।
गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः ।
२. कुशको आसनमा रहेर ब्रह्म गायत्री साधना गर्नु –
*. गायत्री प्राणन्यास :-
ॐ प्रणवस्य परब्रह्म ऋषि: । परमात्मा देवता । देवी गायत्री छन्दः । प्राणायामे विनियोगः । प्राणायाम गर्नु –
ॐ भूः – ॐ भुवः – ॐ स्वः – ॐ महः – ॐ जनः – ॐ तपः – ॐ सत्यम् – ॐ तत्सवितुर्वरेण्यम् ,भर्गो देवस्य धीमहि, धियो यो नः प्रचोदयात् । ॐ आपोज्योती रसोमृतम् ब्रह्मभूर्भुवः स्वरोम् –
*. गायत्री करन्यास गर्नु :-
ॐ भूः – अंगुष्ठाभ्याम् नमः ।
ॐ भुवः – तर्जनिभ्याम् नमः ।
ॐ स्वः – मध्यमाभ्याम् नमः ।
ॐ तत्सवितुर्वरेण्यम् – अनामिकाभ्याम् नमः ।
ॐ भर्गो देवस्य धीमहि – कनिष्ठीकाभ्याम् नमः ।
ॐ धियो यो नः प्रचोदात् – करतल करपृष्ठाभ्याम् नमः ।
*. गायत्री अंगन्यास गर्नु :-
ॐ भूः – हृदयाय नमः ! (छातीमा हात तेर्सो ) ।
ॐ भुवः – शिरसे स्वाहा ! ( निधारमा हत्केला ठाडो) ।
ॐ स्वः – शिषायैवषट् ( टुप्पीमा बुढी अंगुठा) ।
ॐ तत्सवितुर्वरेण्यम् – कवचायहुम् ( दुवै पाखुरा च्याप्ने ) ।
ॐ भर्गो देवस्य धीमहि – नेत्र त्रयाय वौषट् ( ३आँखा)
ॐ धियो यो नः प्रचोदात् – अस्त्राय फट् ( शिरमा ३ चुड्कीमा घुमाई तर्जनी र मध्यमाले बायाँ हतमा पड्काउने )
*. गायत्री जप अघिका मुद्रा गर्नु :-
ॐ सुमुखं संपुटं चैव विततं विस्तृतं तथा ।
द्वीमुखं त्रिमुखं चैव चतुष्पंच मुखं तथा ।।
षन्मुखा$धोमुखं चैव व्यापकाञ्जलिकं तथा ।
शकटं यमपासं च ग्रथितं चोन्मुखोन्मुखम् ।।
प्रलम्बं मुष्टिकं चैव मस्य कुर्मो बराहकम् ।
सिंहाक्रान्तं महाक्रान्तं मुद्गरं पल्लबं तथा ।।
एता मुद्रा चतुर्बिंशज्जपादौ परिकीर्तिता ।
आचमन गर्नु –
ॐ सन्नो देवी रभिष्टये आपोभवन्तु पितये । संयो रभिश्रवन्तुनः स्वाहा ।( आचमन गर्नु )
*. १ माला ब्रह्म गायत्री जप गर्नु –
ॐ भूः भुवः स्वः । तत्सवितुर्वरेण्यम् ,भर्गो देवस्य धीमहि, धियो यो नः प्रचोदयात् । १० देखि १०८ पटक जति सकिन्छ जप गर्नु ।
आचमन गर्नु –
ॐ सन्नो देवी रभिष्टये आपोभवन्तु पितये । संयो रभिश्रवन्तुनः स्वाहा ।( आचमन गर्नु )
*. गायत्री जप पछिका मुद्रा गर्नु-
ॐ सुरभीः ज्ञान वैराग्यौ योनीः शंखो च पंकजम् ।
लिंगम् निर्माण मुद्राष्टौ जपान्तश्च प्रदर्शयामी ।।
इति ब्रह्म गायत्री साधना
३. नवग्रह स्मरण प्रणाम गर्दै मन्त्र भन्नु –
ॐ ब्रह्मा मुरारीस्त्रिपुरांतकारी भानु: शाशी भूमिसुतो बुधश्च ।
गुरुश्च शुक्र: शनि-राहु-केतवः कुर्वन्तु सर्वे मम सुप्रभातम् ॥३॥
४. ऋषि र पितृ नमन मन्त्र :-
ॐ काश्यपोत्री भारद्वाजो विश्वामित्रोथ गौतम: ।
जमदग्निर्वशिष्ठश्च सप्तैते ऋषयः स्मृतः ।।
ॐ अर्चितानाममूर्तानां पितृणां दीप्ततेजसाम्।
नमस्यामि सदा तेषां ध्यानिनां दिव्यचक्षुषाम्।।
दहन्त पापं सर्वं गृहनन्त्वर्घं नमोनमः !!
देही पितृ पुकार्दछु, दिव्य तेज समानमा ।
ध्यानमा राख्छु यी नेत्र, ढोग्दछु सब पितृमा ।।
५. समस्त दिशामा प्रार्थना गर्दै भन्नू –
ॐ प्राचि दिगग्नि रधिपति रसितो रक्षितादित्या ईशवः ।
तेभ्यो नमोधिपतिभ्यो नमः रक्षित्रिभ्यो नमः ईशुभ्यो अस्तु ।
यो अस्मान् द्वेष्टि यं वयं द्विष्मस्तम्भो जम्भे दध्मः ।
ॐ दक्षिणा दिगिन्द्रो धिपतिस्तिरश्चिराजि रक्षिता पितर ईशवः ।
तेभ्यो नमोधिपतिभ्यो नमः रक्षित्रिभ्यो नमः ईशुभ्यो अस्तु ।
यो अस्मान् द्वेष्टि यं वयं द्विष्मस्तम्भो जम्भे दध्मः ।
ॐ प्रचिति दिक् वरुणोधिपति पृदाकू रक्षितान्न ईशवः ।
तेभ्यो नमोधिपतिभ्यो नमः रक्षित्रिभ्यो नमः ईशुभ्यो अस्तु ।
यो अस्मान् द्वेष्टि यं वयं द्विष्मस्तम्भो जम्भे दध्मः ।
ॐ उदिचि दिक् सोमो धिपतिः स्वजो शनिरिशवः ।
तेभ्यो नमोधिपतिभ्यो नमः रक्षित्रिभ्यो नमः ईशुभ्यो अस्तु ।
यो अस्मान् द्वेष्टि यं वयं द्विष्मस्तम्भो जम्भे दध्मः ।
ॐ ध्रुवादिक् विष्णुरधिपतिः कल्माषग्रिभो रक्षिता विरुध ईशवः ।
तेभ्यो नमोधिपतिभ्यो नमः रक्षित्रिभ्यो नमः ईशुभ्यो अस्तु ।
यो अस्मान् द्वेष्टि यं वयं द्विष्मस्तम्भो जम्भे दध्मः ।
ॐ उर्ध्वा दृक् बृहस्पति रधिपति स्वित्रो रक्षिता वर्षं ईशवः ।
तेभ्यो नमोधिपतिभ्यो नमः रक्षित्रिभ्यो नमः ईशुभ्यो अस्तु ।
यो अस्मान् द्वेष्टि यं वयं द्विष्मस्तम्भो जम्भे दध्मः ।
” हे पवित्र परमेश्वर ! हजुर प्राचि प्रचिति समस्त दिशा तिर पिद्यमान भएर हामी सबैको रक्षा गर्नु हुन्छ । हामीले तपाईंको रक्षक स्वरुपलाई वारम्वार प्रणाम गर्दछौं तथा द्वेष भावहरूलाई तपाईंको न्याय व्यवस्थामा समर्पित गर्दछौं ।”
न्यूनतम पनि यहाँसम्म गरे पछि आफू सेवापूजाको लागि योग्य पात्र भइन्छ ।
३. सध्याबन्धन नित्यकर्म सेवापूजा विधीद्वारा चितशुद्धि गरि प्रेमपूर्वक सकारात्मक उर्जा फैलाउने विधि —
वराहपूराणका अनुसार
सधवा विधवा नारी, सुक्ष्माति सुक्ष्म रूपकम् ।
शालग्राम शिला चक्रं पुजयेत् पाप नाशनम् ।।भन्ने उल्लेख भएकोले महिला पुरुष सबैले शालिग्राम भगवान पनि पूजा गर्न हुने देखिन्छ । अशक्त विरामी, महिनावारि भएकी वा सुत्केरीले भने सेवापूजा नगर्नु ।
सूर्योदय अघि विहानको ब्रह्म मुहूर्तमा उषापान गरेर सन्ध्याबन्धन नित्यकर्म सेवापूजा गरिन्छ भने दिउस भोजन पछि मध्याह्न अघि सन्ध्यावन्धन नित्यकर्म सेवापूजा गरिन्छ र साँझमा भने रात्रीकालिन भोजन अघि सूर्याअस्त पूर्व सन्ध्यावन्धन नित्यकर्म सेवापूजा गरिन्छ ।
सेवा पूजा गर्ने विधि –
क. पूजास्थल तर्फ फर्काई पूर्वतिर राखेको मूल दीयोको पूजा गर्दा – नमन गर्नु, हातमुख धुने पानी दिनु, आसन कुश राखी दिनु, छेस्काले पहेलो रातो चन्दन, कर्म पात्रकै कुशटुक्राले वासना युक्त जल छर्कनु, फूल चढाउनु, अर्घ दिनु, फल प्रसाद नजिकै राख्नु, आचमनीले जल राखी प्रणाम गरि भन्नु ॐ दीप नारायण नमः ।
ख. ईशान तर्फ स्थापना गरेको कलसको पूजा गर्दा – नमन गर्नु, हातमुख धुने पानी दिनु, आसन कुश राखी दिनु, छेस्काले पहेलो रातो चन्दन, कर्म पात्रकै कुशटुक्राले वासना युक्त जल छर्कनु, फूल चढाउनु, अर्घ दिनु, फल प्रसाद नजिकै राख्नु, आचमनीले जल राखी प्रणाम गरि भन्नु ॐ कलसाय नमः । ॐ बरुणाय नमः ।
घ. शंख घण्ट पूजा गर्दा – नमन गर्नु, हातमुख धुने पानी दिनु, आसन कुश राखी दिनु, छेस्काले पहेलो रातो चन्दन, कर्म पात्रकै कुशटुक्राले वासना युक्त जल छर्कनु, फूल चढाउनु, अर्घ दिनु, फल प्रसाद नजिकै राख्नु, आचमनीले जल राखी प्रणाम गरि शंख घण्ट बजाई दिनु रातमा भए शंख नबजाउनु । ॐ शंखाय नमः । ॐ घण्टस्थ गरुडायः नमः ।
ङ. आआफ्नो विश्वास अनुसार फोटो, मूर्ति वा शालिग्ग्राम भगवान अथवा वेद भागवतादि अनुभव ज्ञानका पुस्तक अथवा अग्नि कुण्ड वा दीप जे जे सजिसजाउ गरि स्थापना गरेकोछ सोहि सबैलाई नमन गर्नु, हात गोडा धुने पानी दिनु, आसन कुश राखी दिनु, छेस्काले पहेलो रातो चन्दन, कर्म पात्रकै कुशटुक्राले वासना युक्त जल छर्कनु, फूल चढाउनु, माला लगाउनु, अर्घ दिनु, भोग प्रसादको कचौरा नजिकै राख्नु, आचमनीले जल राखी एक पूष्प अञ्जुलीमा लिएर प्रणाम गर्दै भन्नु।
ॐ करपूर गौरं करुणावतारम् । संसार सारं भुजगेन्द्र हारम् ।।
सदावसन्तं हृदयार विन्दे । भवं भवानी सहितं नमामी ।। बोलेर पूष्पार्पण गर्नु र प्रणाम गर्नु ।
अब दायाँ हातमा आरतिको लागि तयार गरेको कपुर वातिको दीप बाली अर्को हातमा धुपौरोमा धुप दीप कपूर बालि घुमाई घुमाई आरती गर्नु ।
त्वमेव माता च पिता त्वमेव, त्वमेव बन्धुश्च सखा त्वमेव ।
त्वमेव विद्या द्रविणं त्वमेव, त्वमेव सर्वं मम देव देव ।।
शंख घण्ट बजाईदिनु ।
ॐ शान्तिः । ॐ शान्तिः । ॐ शान्तिः । बोलेर यहाँ प्रयोग भएका जस्तै नमन गर्नु, हातमुख धुने पानी दिनु, छेस्काले पहेलो रातो चन्दन, कर्म पात्रको वासना युक्त जल छर्कनु, फूल चढाउनु, माला लगाउनु, अर्घ दिनु फल प्रसाद नजिकै राख्नु, आचमनीले जल राखी प्रणाम गरि दक्षिणा दिई, आरतीको बत्ती, पितृहरू, अतिथीहरू, परिवारका सबैमा ईश्वरको बास रहने भएकोले पनि अनिवार्य रुपमा बन्धु बान्धव वस्तुभाउहरूसम्म एक एक गरि सबैतिर डुलिडुलि सबैलाई प्रदान गरी सकारात्मकता फैलाउनु ।
अतः घर घरमा विधि पूर्वक यसरी सेवापूजा गरौं र आफैं भित्र अनि बाहिर सकारात्मक उर्जा बढाअौं अझ फैलाउँदै जाअौं । त्यसैले आउनुहाेस् हिजाे जे भयाे भयाे आजबाट चेतनाले भरिपूर्ण सर्बश्रेष्ट प्राणि, मान्छेबाट मानव हुँदै महामानव बन्ने यात्रा र महामानवहरू रहेकाे युग बनाउने जीव, जीवन र जगतकाे रक्षा गर्ने सचेत जन भएकाे सचेत युग निर्माणका लागि सबै मिलिजुलि अघि बढाैं । सबैमा मंगल, शुभ र शान्ति फैलिरहोस् ।
– श्रद्धेय गुरु श्रीसच्चिदानन्दशर्मा घिमिरे
श्री इकुडोल धर्म संस्कृति संरक्षण समाज बागमति गापा ५, ललितपुर ।
May be an image of 1 person and outdoors
टिप्पणिहरु
Loading...