Admission Open

म बोल्न खोज्दाखोज्दै रोकिएँ

# यम बास्तोला

वास्तवमा, एउटा परिवारका लागि एउटा दर्भिलो मियो (अभिभावक) चाहिन्छ । घरको कानुन भनेकै अभिभावक, (माता/पिता वा कोही मार्गनिर्देशक) जसरी एउटा सुसंस्कृत सभ्य समाजका लागि एउटै मात्र भए पनि सभ्य, शिक्षित, सकारात्मक विचारले भरिपूर्ण ओजश्वी व्यक्तिको आवश्यकता पर्छ ।
जसरी एउटा देशका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने पितातुल्य निश्वार्थ र निष्ठावान देशभक्तको जरुरी हुन्छ । जहाँ नागरिक स्वतन्त्र हुन्छन्, देश स्वतन्त्र हुन्छ । स्वतन्त्र देशका स्वतन्त्र नागरिकले स्वतन्त्रतापूर्वक बाँच्न पाउनु, आफ्नो हक, अधिकारको स्वतन्त्रतापूर्वक उपभोग गर्न पाउनु एउटा देशका लागि महत्वपूर्ण हुन्छ । त्यस्तै परिवारका लागि अभिभावक ।

वाक्य एकछिन रुद्रघण्टीसम्म आएर रोकियो ।
क्रमश…

म बोल्न खोज्दाखोज्दै रोकिएँ ।

पातलो कद, सुन्दर अनुहार, सफासँग मिलाएर लगाएको पोशाक, हँसिलो चेहरा, निधारमा पहेँलो गोलो टीका र निधारबाट नाकसम्म झरेको एकधर्को लामो रातोटीका उनको छोटो हुलिया थियो ।
उनको अनुहारमा आफ्नै पिताको प्रतिविम्ब नाचिरह्यो ।
हजार कल्पनाहरु/सम्झनाहरु एकसाथ सल्बलाए ।
म बोल्न खोज्दाखोज्दै रोकिएँ ।

वास्तवमा, एउटा परिवारका लागि एउटा दर्भिलो मियो (अभिभावक) चाहिन्छ । घरको कानुन भनेकै अभिभावक, (माता/पिता वा कोही मार्गनिर्देशक) जसरी एउटा सुसंस्कृत सभ्य समाजका लागि एउटै मात्र भए पनि सभ्य, शिक्षित, सकारात्मक विचारले भरिपूर्ण ओजश्वी व्यक्तिको आवश्यकता पर्छ ।
जसरी एउटा देशका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने पितातुल्य निश्वार्थ र निष्ठावान देशभक्तको जरुरी हुन्छ । जहाँ नागरिक स्वतन्त्र हुन्छन्, देश स्वतन्त्र हुन्छ । स्वतन्त्र देशका स्वतन्त्र नागरिकले स्वतन्त्रतापूर्वक बाँच्न पाउनु, आफ्नो हक, अधिकारको स्वतन्त्रतापूर्वक उपभोग गर्न पाउनु एउटा देशका लागि महत्वपूर्ण हुन्छ । त्यस्तै परिवारका लागि अभिभावक ।

म त्यस्तै केके सोचिरहेको थिएँ । हराएँछु विस्मृत कल्पनामा, जहाँ अभावै अभाव थियो । गरिवीनै गरिवी थियो । अरु त परको कुरा पानी पनि फारु गरेर मात्र चलाउनु पथ्र्यो । आमाले टाढाको कुवाबाट माटाको गग्रीमा ल्याएको पानी सकिएका बखत पानी खान पनि धेरै समय पर्खनु पर्ने बाध्यता थियो ।

पूनः उनैले झस्काए, के को कल्पनामा हरायौ बाबु ?
गहभरी आँसु पो छ त !
के भो ?
उनको प्रस्नले त झन हिक्क होलाजस्तो भो । मैले मुटु दह्रो पारेर आफूलाई तुरुन्तै यथास्थितिमा ढल्काएँ र भने, केही होईन ।
अव भने मलाई उनीसँग कुरा गर्न र उनका बारेमा बुझ्ने इच्छा उकुसमुकुस भएर आयो । मलाई प्रश्नको पोको कताबाट फुकाउँ भन्ने अलमल भो, उनीसँग वार्तालापको सिलसिला कहाँबाट शुरु गरौँ भन्ने लागिरहेको थियो ।

फेरि उनैले भने, बाबुको नाम के हो रे ?

म बियोगनाथ शर्मा, मैले हतारहतारमै मेरो नाम बताएँ ।

उनको पनि वास्तविक नाम के रहेछ जान्ने उत्सुकता भयो र तुरुन्तै सोधेँ, मैले पनि हजुरको नाम जान्न पाए आभारी हुने थिएँ ।
उनले एकछिन पनि बिलम्ब नगरी जवाफ दिए, मेरो नाम संयोग शर्मा ।

उनले आफ्नो नाम भनेपछि उनको चेहरामा मैले केही बनावटीपन पढेँ । उनको त्यो भनाइमा केही काल्पनिकताको छनक पाएँ । तैपनि टिपेँ नोटकापिमा र फेरि भने, शर्मा पछाडि अरु पनि केही छ कि ?
उनले भन्न नचाहेको बुझेपछि अरु खोतल्न चाहिँन ।
यसरी नामको बिपरितार्थकमा मिलन भएकोमा हामीवीच एकछिन सन्नाटा छायो । दुबैजना एकछिन चुपै भयौँ । मलाई हेरेर उनी मुसुक्क हाँसे । प्रतिउत्तरमा मैले पनि मुस्कानकै जवाफ फर्काएँ । हामीवीच अझ आत्मियता बढ्यो । अमुक मुस्कानमै हामी अझ निकट भयौँ ।

के यिनको पनि वास्तविक नाम संयोग शर्मा नै होला त…!

मनको यो जिज्ञासा मनमै लुकाएर मैले कुराको गतिलाई अगाडि बढाउन मात्र के खोजेको थिएँ ।

अव कताबाट कुरा शुरु गर्ने ? के भनेर सम्बोधन गर्ने र उनका कुरा खोतल्ने ? म एकछिन अल्मलिएँ ।
भने, म हजुरको जीवन कहानी बुझ्न चाहन्छु के अनुमति दिनुहुन्छ ?

मैले त्यसो भन्दा उनी तालुमा हात राखेर एकछिन गहिरो सोचमा डुबे र केही सम्झेजस्तो गरेर भने, किन र बाबु, म कुनै त्यस्तो विशिष्ट प्रोफाइलभएको मान्छे होईन जसको बायोग्राफीले कुनै मान्छे प्रभावित होस् र उसको जीवन बदलियोस् । मेरो बायोग्राफी त सामान्य नागरिकको जस्तै हो । दुःखसुख, आँसुहाँसो भनेको त घाम पानीजस्तै हो । सबैले भोगेकै हुन्छन् । भलै कसैले अलिक थोरै भोग्ला र सरल जीवन यापन गर्ला । कसैले अलि धेरै उतारचढाबको सामना गर्ला र जीवनको वास्तविकता बुझ्ला फरक त्यति मात्र हो ।

संसारमा मजस्तै एक्लिएका मान्छेहरु कति छन् कति, के म जस्तो सामान्य मानिसको जीवनको पनि मूल्य हुन्छ र ? हामीजस्ताको बायोग्राफी पनि कसैका लागि सुन्न वा पढ्न लायक हुन्छ र ?
उनको भनाइले मलाई झन बढी उत्सुक बनायो । कसरी यी मान्छे एक्ला भए ? किन एक्लो भएको कुरा गर्छन् । किन बिरक्ति पोख्छन् । यिनको जीवनमा पक्कै पनि केही उथलपुथल हुनुपर्छ मैले यस्तै ठम्याएँ ।
मलाई कुराको मेलो समाउँन एकछिन समय लाग्यो ।

मैले भने, हजुर किन यसरी यो बरको फेदमा हरेक दिन बस्नु हुन्छ ? रात कहाँ र कसरी कटाउनु हुन्छ ? के हजुरका अरु कोही परिवार, आफन्त छैनन् ?
मैले शुरुमै खस्रो प्रश्न गरेँछु कि के हो ? उनले नमिठो हाँसो हाँस्दै अलिअलि आक्रोस मिश्रित लवजमा निधार खुम्च्याए ।

आखिर जिन्दगी जसरी पनि चल्दो रहेछ । किन चाहियो परिवार ? किन चाहियो धन सम्पति । जीवनलाई कसैले पनि आफ्नो चाहनाअनुसार चलाउन सक्दैन् । आफ्नै वशमा भएको साधन त कहिलेकाहीँ सही बाटो हिँडाउन सकिँदैन भने यो इहलीला त्यसरी नै समाप्त हुन्छ जसरी हिजोको दिन सकियो र आज भयो । आजको दिन सकिन्छ र भोलि हुन्छ । जीवन पनि त्यसरी नै सकिन्छ । अव म त्यसरी नै जिउँछु । त्यसरी नै मर्छु ।

उनले जीवनलाई यसरी दार्शनिक पाटोबाट औँल्याईसकेपछि अरु के सोध्नु । फेरि एकछिन अल्मलिएँ ।
मैले उनको बाल्यकालबाट कुरा सुरु गरेँ, सबैको जीवनसङ्घर्ष बाल्यकालबाटै शुरु हुन्छ, मलाई पनि हजुरको बाल्यकालदेखिकै कुरा जान्न मन लाग्यो, केही सम्झना भए बताईदिनुहुन्छ कि ?
बाल्यकालको कुरा गर्दा उनले अलि उत्साहित हुँदै भने, सम्झन लायक त्यही एउटा समय छ जो मेरो जिन्दगी कै सुखद् समय हो र समग्र मानिसको पनि बाल्यकाल अविस्मरणीय हुन्छ, सुखद् हुन्छ । चाहे त्यो धनि होस् या गरिब उसले आफ्नो सन्तानलाई सकेसम्म सुख र खुसी दिन खोज्छ । आफ्नो गच्छेअनुसार । त्यसैले सबैको बाल्यकाल प्रायः सुखद् नै हुन्छ । मेरो पनि सुखद् नै थियो ।
म दश वर्षको हुँदासम्म दुखको कुनै अनुभूति भएन ।

मैले मेरो १० वर्षसम्मको बाल्यकालको धेरै समय मेरा हजुरबासँग बिताएँ ।
हजुरबा गाईबस्तुको ज्यादै सौखिन हुनुहुन्थ्यो । त्यसैले हजुरबाको धेरै समय गोठमै बित्थ्यो । म पनि अलिअलि जान्नेबुझ्ने भएदेखि हजुरबा सँगै गोठमै बस्थेँ, गोठमै सुत्थेँ । हजुरबा हरेक दिनजस्तो खीर पकाउनु हुन्थ्यो । प्रायजसो बिहान बेलुकै खीर र माने गिलासको एक गिलास दूध खान पाएपछि म गोठमै रमाउँथेँ । सामल सकिँदा कहिलेकाहिँ घर बस्नु पथ्र्यो । मलाई घरमा एक रात बिताउँन पनि निक्कै मुस्किल हुन्न्थो । कतिबेला गोठ पुगौँजस्तो हुन्थ्यो । हजुरबाको लाडप्यारमा र गोठको एकान्तमा बसेको म अलिकति पनि कसैको हल्लीखल्ली र कडास्वर मन पराउँदिन थेँ । घरमा गोठमाजस्तो शान्ति हुँदैनथ्यो । साना भाइहरु थिए बुबा, आमा एउटा रोगी दाजु, दिदी धेरै जना भएकोले केही हल्ला, चिच्याहट, खलबल हुन्थ्यो नै त्यसैले म गोठमै बस्न रुचाउथेँ ।

म गोठमा हजुरबालाई हरेक कुरामा सहयोग गर्थेँ । सबैभन्दा पहिले दुधेँरो पखालेर भैँसी दुहुन ठिक्क पारिदिन्थेँ । त्यसपछि गोबर सोहोर्न, घँसेटा फाल्न र गाईभैँसीलाई घाँस हाल्न सघाएपछि हजुरबा खुसी हुनुहुन्थ्यो । मेरो हरेक बिहानको कार्य नै त्यही हुन्थ्यो । त्यति गरीसकेपछि हजुरबाले माने गिलासमा एक गिलास दुध दिनुहुन्यो । म दूधसँग चिउरा, सातु वा सुठुनी मुछेर पेटभरि खान्थे र एकछिन पढ्थेँ ।

हजुरबा गोठमै नित्य चण्डीपाठ गर्नुहुन्थ्यो । एकघण्टा चण्डीपाठ सकेपछि अर्को एकघण्टा रामायण, माहाभारत वा देवीभागवतका केही श्लोक लयहालेर पढ्नु हुन्थ्यो । नौरथा लागेपछि हजुरबा मालश्री गाउनुहुन्थ्यो, “जयदवी भैरवी गोरखनाथ हे…।”
त्यसरी हजुरबाले मालश्री लगायतका श्लोकहरु वाचन गर्दा यति रमाइलो र मनमोहक हुन्थ्यो कि बयान गरेर साध्य छैन् । म सधैँ हजुरबाले गाएका श्लोकहरु सुन्थे र आफैँ पनि गुनगुनाउथेँ । आजसम्म पनि मलाई हजुरबाले वाचेका ती श्लोकहरु कण्ठै छन् । दशैँको समयमा त हजुरबा घरै जानुहुन्थ्यो र सिकुवाको खाटमा बसेर मालश्री गाउँदा गाउँनै गुञ्जयमान हुन्थ्यो । हजुरबा घरमा बसुन्जेल गाउँका गन्यमान्यहरु बिहानदेखि दिनभरी र राती अबेरसम्म पनि पालैसँग आईरहन्थे, बसिरहन्थे । हजुरबाले आफ्नो जीवन कहानी सनाउनु हुन्थ्यो । हाउभाउका साथ हजुरबाले आफ्नो जीवन संघर्षका अनेक आयामहरु बताउँदा रात बितेको पत्तै हुँदैनथ्यो । रातभर, रातभर मानिसहरु हाम्रो घरमा बसिरहन्थे । हजुरबा घर बसुन्जेल हरेकदिन नयाँनयाँ मानिसहरु थपिइ रहन्थे । छोरा मान्छे मात्र होईन महिलाहरु पनि हजुरबाका कुरा सुनेर मख्ख पर्थे । आमाहरु आएका पाहुनाहरुलाई स्वागत सत्कारमा तल्लीन रहनु हुन्थ्यो । राती अबेरसम्म चिया पानीको व्यवस्था गरिरहनु हुन्थ्यो । हाम्रो घर त तिर्थस्थल जस्तै हुन्थ्यो ।

हजुरबा मान्छेको चेहरा हेरेरै उसको वस्तुस्थिति थाहा पाउनुहुन्थ्यो । हजुरबाको समिपमा आएपछि जस्तोसुकै तनावमा आएको मानिस पनि प्रफुल्ल भएर जान्थ्यो । हजुरबा आफ्नो समयका अनेक किस्साहरु सुनाएर हसाउनु हुन्थ्यो । लगभग साठीवर्ष अगाडि हजुरबाले भनेका केही किस्सा मलाई अहिलेसम्म पनि कन्ठै छन् ।

एकछिन थामिएर लामो सास तान्दै उनले बिस्तारै भने, हजुरबा बितेसँगै त्यो सारा रौनक पनि सकियो ।
त्यसपछि … ???
क्रमशः

टिप्पणिहरु
Loading...