काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको नवनिर्वाचित कार्यसमितिको अध्यक्ष तथा पदाधिकारीको टोलीलाई नेपाल उद्योग वाणिज्य महासंघले स्वागतसहित बधाई ज्ञापन गरेको छ ।
महासंघ अन्तर्गतको बस्तुगत परिषदको आयोजनामा सोमबार स्वागत कार्यक्रम भएको हो ।
महासंघका अध्यक्ष शेखर गोल्छासहित उपाध्यक्षहरुले नाडाको टोलीलाई महासंघमा बधाई ज्ञापनसहित स्वागत गरेका हुन् ।
उक्त अवसरमा बोल्दै नाडाका अध्यक्ष थापाले नाडाले महासंघसँग सहकार्य गर्न चाहेको बताए । व्यावसायिक हकहितका क्षेत्रमा महासंघसँग सहकार्य गर्दै अगाडि बढ्ने उनले बताए ।


