Admission Open

नेपालमा पनि ओमिक्रोन संक्रमण पुष्टि

काठमाडौं, २० मंसिर : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको बताएको छ ।

सोमबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

एक जना विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका अर्का नेपालीमा संक्रमण पुष्टि भएको हो । दुवै जनाले कोरोना भाइरस विरूद्धको खोप पनि लगाएका थिए ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...