Admission Open

ad place

प्रतितोला दुई हजार ८ सय सुन र चाँदी २० रुपैयाँ घट्यो

काठमाडौँ : नेपाली बजारमा आज (शुक्रबार) सुन-चाँदीको भाउ घटेको छ । बिहीबार प्रतितोला दुई हजार ८ सय घटेको सुनको भाउ आज प्रतितोला दुई हजार आठ सय रूपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १४ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ । बिहीबार सुन प्रतितोला तीन लाख १७ हजार रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला पाँच हजार पाँच सय १५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला पाँच हजार चार सय ९५ कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार एक सय पाँच अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...