Admission Open

ad place

नुवाकोट-२ मा रास्वपाका डा. अचुतम लामिछाने विजयी

त्रिशूली (नुवाकोट), २३ फागुनः प्रतिनिधिसभा सदस्यमा निर्वाचनमा नुवाकोट निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. अचुतम लामिछाने विजयी हुनुभएको छ । रास्वपाका लामिछानेले ३२ हजार ५४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त क्षेत्रमा नेपाली कांग्रेसका जगदिश्वरनरसिंह केसीले १५ हजार ५०३ मत प्राप्त गर्नुभयो । यस्तै, नेकपा (एमाले)का केशवराज पाण्डेले आठ हजार २८५ मत, नेपाली कम्युनिष्ट पार्टीका हिरानाथ खतिवडाले छ हजार ७२० मत र उज्यालो नेपाल पार्टीका उम्मेदवार ज्ञानेन्द्रप्रकाश घलेले दुई हजार ७५० मत ल्याउनुभयो ।

नुवाकोट–२ मा बाह्र जना उम्मेदवार रहेकामा बाँकी सबैले एक हजारभन्दा कम मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका झनक प्याकुरेले ७७५, मङ्गोल नेशनल अर्गनाइजेशनका रेञ्छेन तामाङले ४२६, श्रम संस्कृति पार्टीका बिनोदकुमार तामाङले ३९६, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का नवराज ढुङ्गानाले ९०, नेपाल कम्युनिष्ट पार्टी (सयुक्त)का किरण तिम्सेनाले ५२, नेपाल मजदुर किसान पार्टीका सुवास भट्टले २८ र आम जनता पार्टीका मानसिं गदाइलीले ११ मत पाउनुभयो ।

नुवाकोट–२ मा एक लाख २३ हजार ९३९ जना मतदाता रहेकामा ७० हजार ४५२ मत खसेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...