-1771153928.jpg)
काठमाडौं : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च, बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रममा अपग्रेडेड डोमिनार ४०० लाई आधिकारिक रूपमा सार्वजनिक गर्दै यसको नयाँ तथा उन्नत फिचरहरू प्रस्तुत गरिएको थियो । कार्यक्रमको मुख्य आकर्षणका रूपमा मनाङ एक्सप्लोरर राइड प्रिमियर गरिएको थियो । जसले डोमिनार ४०० को लामो दुरीको क्षमता तथा कठिन भूगोलमा उत्कृष्ट प्रदर्शन क्षमतालाई प्रस्तुत गर्यो । उपस्थित दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको थियो ।
अल–न्यू अपग्रेडेड बजाज डोमिनार चारसयमा डट म्याट्रिक्स डिस्प्लेसहितको डिजिटल कन्ट्रोल कन्सोल, ब्लुटुथ कनेक्टिभिटी र टर्न–बाइ–टर्न नेभिगेसन, राइड–बाइ–वायरसहित चार राइड मोड, ट्रयाक्सन कन्ट्रोल, एड्जस्टेबल लेभरहरू तथा हजार्ड लाइट प्रणाली जस्ता आधुनिक प्रविधिहरू समावेश गरिएको छ, जसले सुरक्षा र राइडिङ अनुभवलाई थप उत्कृष्ट बनाएको छ ।
उत्साहजनक सहभागिता र सकारात्मक प्रतिक्रियासहित लन्च कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ, जसले आधुनिक प्रविधिसहित प्रदर्शनकेन्द्रित बाइक प्रदान गर्ने बजाजको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ । सार्वजनिकरणपश्चात् ग्राहकहरूले फागुन ४ देखि ८ सम्म आयोजना हुने टेस्ट राइडमार्फत बाइकलाई नजिकबाट अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ ।


