Admission Open

ad place

बालेन साह भोलि कमला नदीको बरेरवा घाट पुग्ने, स्थानीय युवामा उत्साह

धनुषा, २७ माघ  : राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन साह भोलि दिउँसो १२ बजे धनुषा जिल्लास्थित कमला नदीको बरेरवा घाटमा पुग्ने भएका छन्।

उहाँको आगमनलाई लिएर स्थानीय युवाहरू तथा समर्थकहरूमा विशेष उत्साह देखिएको छ। बालेन साहलाई प्रत्यक्ष भेट्ने अवसर पाउँदा युवाहरू उत्साहित भएको स्थानीयवासीहरू बताउँछन्।

स्थानीय युवा अभियन्ता रामकुमार यादवले भने, “कमला नदी हाम्रो जीवनसँग जोडिएको विषय हो। बालेन साहजस्तो नेतृत्वले यहाँ आएर समस्यालाई नजिकबाट बुझ्नु ठूलो कुरा हो।”

यसैगरी, अर्का एक स्थानीय समर्थक सन्तोष मण्डलले भने, “उहाँको उपस्थितिले यहाँका युवामा आशा र आत्मविश्वास बढेको छ। विकास र सुशासनका विषयमा उहाँले स्पष्ट धारणा राख्नुहुन्छ भन्ने विश्वास छ।”

बालेन साहको भ्रमणका क्रममा कमला नदीको वर्तमान अवस्था, बाढी नियन्त्रण, नदी संरक्षण तथा स्थानीय विकासका विषयमा सरोकारवालासँग छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ।

स्थानीय अगुवा युवाहरूले बालेन साहको आगमनले कमला नदी संरक्षण र धनुषा क्षेत्रका दीर्घकालीन समस्यामा राष्ट्रियस्तरको ध्यान जाने अपेक्षा गरेका छन्।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...