
काठमाडौं, १९ माघ : नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्न थालेको छ। आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा १३ हजार ४०० रुपैयाँले घटेको नेपालको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
योसँगै सोमबार छापावाल सुन प्रतितोला २ लाख ८६ हजार ६०० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। यसअघि आइतबार पनि १८ हजार ८०० रुपैयाँले घटेर सुन प्रतितोला ३ लाख रुपैयाँमा काराेबार भएकाे थियो । यस्तै शुक्रबार पनि तोलामा २० हजार ५०० रुपैयाँ घटेको थियो।
त्यसैगरी, सोमबार चाँदीको मूल्य तोलामा ३०० रुपैयाँले घटेर ५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि आइतबार ५ हजार ५०० रुपैयाँ थियो।


