Admission Open

ad place

चौथो टी-२० क्रिकेट : न्यूजील्यान्डसँग भारत ५० रनले पराजित

काठमाडौँ : भारत भ्रमणमा रहेको न्यूजील्यान्डले विशाखापटनममा खेलिएको चौथो टी२० क्रिकेटमा भारतलाई ५० रनले पराजित गरेको छ । यद्यपी यो हारपछि पनि पाँच खेलको शृंखलामा भारतले ३-१ को अग्रताका साथ शृंखला जितिसकेको छ ।

अब अन्तिम टी२० खेल तिरुबन्थपुरममा शनिबार हुनेछ । भारतको विशाखापटनममा सम्पन्न आजको खेलमा भारतले टस जितेर न्यूजील्यान्डलाई ब्याटिङका लागि निम्तो दिएको थियो ।

न्यूजील्यान्डले टिम साइफर्टको ६२, डेभोन कोन्वेको ४४, ड्यारिल मिचेलको ३९ तथा ग्लेन फिलिप्सको २४ रन मद्दतले सात विकेट गुमाएर २१५ रनको विशाल स्कोर खडा गरेको थियो ।

२१६ रनको चुनौती पछ्याएको भारतले सुदृढ खेल प्रदर्शन गर्नुको साटो एकपछि अर्को विकेट गुमाएको थियो । पहिलो ओभरमै ओपनिङ ब्याटर अभिषेक शर्मालाई शून्य रनमै गुमाएको भारतको स्कोरबोर्डमा ९ रन हुँदा कप्तान सूर्यकुमार यादव आउट भएका थिए । उनले ८ रन बनाए ।

त्यसपछि सन्जु सामसनले २४, रिन्कु सिंहले ३९, शिभम दुबेले रनआउट हुनुअघि ६५ रन बनाएका थिए ।

भारतले १६५ रन बनाउँदा सबै विकेट १८.४ ओभरमा गुमाएको थियो । (एजेन्सी)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...