Admission Open

ad place

चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै

काठमाडौं : चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउँदैछ। बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन, जटिल बन्दै गएको भूराजनीतिक अवस्था, तथा नेपालभित्र जारी राजनीतिक अस्थिरता र चुनावी माहोलको बीचमा चिनियाँ टोलीको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत अन्तर्राष्ट्रिय विभागकी नेपाल मामिला प्रमुख झेङ युहा (सरला) नेतृत्वको टोली तीन दिन नेपालमा रहने बताइएको छ।

चिनियाँ दूतावास स्रोतका अनुसार टोलीको भ्रमण राजनीतिक भेटघाट र समग्र परिस्थितिको अध्ययनमा केन्द्रित हुनेछ। झेङ युहाको नेतृत्वमा आउने टोली चीन–नेपाल सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ आएको जनाइएको छ।

भ्रमणका क्रममा टोलीले नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको बताइएको छ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...