Admission Open

ad place

इसेवाबाट सबै प्रकारका बीमा योजना खरिद गर्दा स्मार्ट वाच र स्मार्ट टिभी जित्ने मौका

काठमाडौं : डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले बीमा योजना खरिदलाई अझ सहज र आकर्षक बनाउँदै विशेष अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत इसेवाका प्रयोगकर्ताहरूले इसेवा एपमार्फत बीमा योजना खरिद गर्दा स्मार्ट वाच र स्मार्ट टिभी जित्ने अवसर पाउनेछन् ।

इसेवाका अनुसार उक्त अफर पुस १ गतेदेखि पुस ३० गतेसम्म सञ्चालन हुनेछ । अफर अवधिमा इसेवा एपमार्फत जीवन बीमा, स्वास्थ्य बीमा, गैर–जीवन बीमा, व्यवसाय बीमा तथा मोटर बीमा योजना खरिद गर्ने र ब्लूबुक नवीकरण गर्ने प्रयोगकर्ताहरू स्वतः पुरस्कार योजनामा सहभागी हुनेछन् । इसेवा एप प्रयोग गरी यी सबै बीमा सेवाहरू घरमै बसेर केही क्लिकमै सहज रूपमा खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।

अफर अन्तर्गत प्रत्येक हप्ता इसेवामार्फत बीमा खरिद गर्ने एक जना भाग्यशाली प्रयोगकर्ताले स्मार्ट वाच जित्ने अवसर पाउनेछन् । त्यस्तै, अफर अवधि समाप्त भएपछि एक जना विजेतालाई स्मार्ट टिभी प्रदान गरिनेछ । विजेताको छनोट लक्की ड्रमार्फत गरिने इसेवाले जनाएको छ ।

डिजिटल प्रक्रिया र विश्वासिला बीमा साझेदारमार्फत बीमा योजना खरिदलाई छिटो, सुरक्षित र झन्झटमुक्त बनाइएको इसेवाको भनाइ छ । यस अफरमार्फत प्रयोगकर्तालाई डिजिटल माध्यमबाट बीमा योजना खरिद गर्न प्रोत्साहन गर्नुका साथै उनीहरूको आर्थिक सुरक्षालाई अझ सुदृढ बनाउने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...