Admission Open

ad place

सिरिजङ्गा गोल्ड कप तथा सिरिजङ्गा मेला–२०८२ आजदेखि सुरु

फुङलिङ, २३ मङ्सिर : ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–४, तेल्लोकमा मंगलबारदेखि सुरु हुन लागेको अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्ड कप फुटबल प्रतियोगिता तथा सिरिजङ्गा मेला–२०८२ का सबै तयारी पूरा भएका छन्। किराँत लिम्बू लिपिका प्रचारक तथा याक्थुङ सांस्कृतिक चिनारीका प्रणेता सिरिजङ्गा सिंह थेबेको जन्मजयन्तीको अवसर पारेर आयोजनामा आएको यो महोत्सव स्थानीयस्तरमा मात्र होइन, अन्तर्राष्ट्रिय सहभागिताका कारण विशेष आकर्षणको विषय बनेको आयोजक तेल्लोक स्पोर्टिङ क्लबले जनाएको छ।

आयोजकका अनुसार गोल्ड कपसँगै सञ्चालन हुने सांस्कृतिक मेला क्षेत्रमा सांस्कृतिक झाँकी, लोक–नृत्य, परम्परागत भेषभूषा, स्थानीय उत्पादनको प्रदर्शन तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा सहभागिताले मेलाको चहलपहल झनै बढाउने अपेक्षा गरिएको छ।

पहिलो दिन आयोजक र रेड हर्स आमनेसामने

मंगलबार हुने उद्घाटन खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लबले इलामको रेड हर्स एफ.सी.सँग प्रतिस्पर्धा गर्नेछ। बुधबारको दोस्रो खेलमा झापाको न्यु स्टार क्लब, बिर्तामोड र **वाइवाई पाँचथर एफ.सी.**बीच भिडन्त हुनेछ।

विदेशीसहितको प्रतिस्पर्धा, आकर्षक भिडन्त

प्रतियोगितामा यस वर्ष विदेशी टोलीको सहभागिता प्रमुख आकर्षण बनेको छ। मङ्सिर २७ गते पारिजात संघ एफ.सी., भारत र मरिक एफ.सी., धरानबीच प्रतिस्पर्धा हुनेछ। त्यसैगरी, मङ्सिर २८ गते अन्तिम क्वाटरफाइनलमा सागुरिगढि एफ.सी., धनकुटा र म्याङ्लुङ स्पोर्टिङ युवा क्लब आमनेसामने हुनेछन्।

प्रतियोगितामा सहभागी क्लबहरूलाई आकर्षक पुरस्कार राशिसहित ट्रफी, मेडल र राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउने अवसर उपलब्ध हुने आयोजकले जनाएको छ। साथै, मेलाले स्थानीय पर्यटन प्रवर्द्धन, सांस्कृतिक जगेर्ना र खेलाडीहरूलाई नयाँ exposure दिलाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...