
काठमाडौँ : अग्नि फाउण्डेशन, अग्नि ग्रुपको गैरनाफामूलक संस्था हो । नेपालमा महिन्द्रा गाडीहरूको एक मात्र अधिकृत वितरक अग्नि ग्रुप अन्तर्गत सञ्चालित यस फाउण्डेशनले आफ्नो ३५औँ वार्षिकोत्सव मनाएको छ । बुढानीलकण्ठ, काठमाडौंमा आयोजित विशेष समारोहमा आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व सीएसआर अन्तर्गत समुदाय सशक्तिकरणतर्फ सार्थक योगदान पु¥याउने उद्देश्यसहित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ ‘KIOCH’ लाई महिन्द्रा एसयूभी४०० का दुई इलेक्ट्रिक एसयूभी हस्तान्तरण गरेको छ ।
उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै अग्नि फाउण्डेशनकी अध्यक्ष सुशान वैद्य श्रेष्ठले भन्नुभयो : “३५ वर्षको यात्रामा हामी हाम्रो ग्रुप, साझेदारहरू र समुदायसँगै अघि बढ्दै आएका छौँ । आज हामी यस इन्स्टिच्युटलाई बालबालिका र परिवारसम्म अझ धेरै सेवा र अवसर पु¥याउन सहयोग गर्ने एउटा सानो तर अर्थपूर्ण कदम चालिरहेका छौँ । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ केवल स्वास्थ्य सेवा प्रदान गर्ने संस्था मात्र होइन, यो आशा जोगाइने ठाउँ हो, परिवारले बल पाउने ठाउँ हो, र भविष्यलाई सम्भारिने ठाउँ हो । यस्तो महत्वपूर्ण कार्यमा सहयोग गर्न पाउनु हाम्रो लागि गौरवको विषय हो ।”
त्यसैगरी उक्त कार्यक्रममा सहयोगको प्रभावबारे चर्चा गर्दै, काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ का अध्यक्ष प्रा.डा. भगवान कोइरालाले भन्नुभयोः “ यस इन्स्टिच्युटले विद्यालय स्वास्थ्य कार्यक्रम, जिल्ला स्वास्थ्य प्रणाली सुदृढीकरण तथा बालरोग पहिचानसहितका विभिन्न सामुदायिक स्वास्थ्य कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यी सबै कार्यक्रमहरूमा अब यी सवारी साधन प्रयोग गरिनेछन् । संक्षेपमा भन्नुपर्दा, हजारौँ बालबालिकाले प्रत्यक्ष लाभ पाउनेछन् र हाम्रो काम अधिक सहज तथा प्रभावकारी बनेपछि अप्रत्यक्ष रूपमा पनि धेरैले फाइदा लिन सक्नेछन् । स्वास्थ्य सेवा अझ सहज र पहुँचयोग्य बनाउन मद्दत पु¥याएकोमा हामी अग्नि फाउण्डेशनप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।”
अग्नि ग्रुपको ‘Rising Together’ भन्ने मूल्य दर्शनले व्यवसायिक सफलता मात्र होइन, समुदायको उन्नतिलाई पनि उत्तिकै महत्व दिन्छ । वातावरणमैत्री, सुरक्षित र दिगो यात्रा सुविधायुक्त महिन्द्रा एसयूभी४०० इलेक्ट्रिक एसयूभीहरूले –KIOCH का स्वास्थ्य, शिक्षा तथा समुदायमुखी कार्यक्रमको पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेल्नेछन् ।
अग्नि फाउण्डेशन स्वास्थ्य, शिक्षा, खेलकुद र विपद्व्वस्थापनजस्ता क्षेत्रमा निरन्तर सक्रिय छ र सरकारी निकायहरूसँग सहकार्य गर्दै आएको छ । यसअघि फाउण्डेशनले त्रिवि शिक्षण अस्पतालका पिआईसियु र एनआईसियु को मर्मत–सम्भार तथा स्तरोन्नति गरिसकेको छ । साथै, भर्ना भएका बालबालिकाका अभिभावकका लागि “अग्नि विङ” नामक सुविधासम्पन्न प्रतीक्षालय पनि स्थापना गरेको छ ।
KIOCH को उद्देश्य १८ वर्षसम्मका बालबालिकालाई अन्तर्राष्ट्रिय मानकअनुसार किफायती, गुणयुक्त र समग्र स्वास्थ्य सेवा एकै स्थानबाट उपलब्ध गराउनु हो । यसले विशेषगरी कमजोर तथा जोखिममा रहेका समुदायका बालबालिकालाई समान अवसरका साथ दिगो स्वास्थ्य सेवा पहुँच सुनिश्चित गर्छ ।
अग्नि समूहद्वारा गरिएको यो सहयोग समुदायप्रति उन्मुख संस्थागत जिम्मेवारीको उत्कृष्ट उदाहरण हो । ३५ वर्षको यात्राले समूहको प्रगतिलाई मात्र होइन, समुदायसँगको सहयात्रालाई पनि सुदृढ बनाएको छ किनकि, “संगै अघि बढ्दा मात्र वास्तविक प्रगति सम्भव हुन्छ ।”


