Admission Open

ad place

बजाजको ‘पल्सर बाइक’ नेपाल प्रिमियर लिग (एनपीएल) को ‘टु ह्विलर पार्टनर’

[ सर्वाधिक रन बनाउने खेलाडी, सर्वाधिक विकेट लिने बलर र उत्कृष्ट उदयीमान (ईमर्जिङ) खेलाडीलाई Pulsar N-160 दिइने ]

काठमाडौं, १३ कार्तिक : बजाजको पल्सर बाइक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि ‘टु ह्विलर पार्टनर’ बनेको छ।

गोल्छा ग्रुप र नेपाल क्रिकेट संघ (क्यान) बीच बिहीबार सम्झौता भएको हो। सम्झौतापत्रमा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा र क्यानका सचिव पारस खड्काले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार गोल्छा ग्रुपले एनपीएल प्रतियोगितामा तीन वटा मोटरसाइकल प्रदान गर्नेछ। ती बाइक सर्वाधिक रन बनाउने खेलाडी, सर्वाधिक विकेट लिने बलर र उत्कृष्ट उदयीमान (ईमर्जिङ) खेलाडीलाई पुरस्कारस्वरूप दिइने जनाइएको छ।

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले एनपीएलसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए। उनले भने, ‘पल्सर सदैव खेलकुद र युवा ऊर्जासँग जोडिएको ब्रान्ड हो। एनपीएलमार्फत नेपाली क्रिकेटलाई अझ ऊर्जा र प्रेरणा मिल्ने विश्वास छ।’

क्यानका सचिव पारस खड्काले पल्सरसँगको साझेदारीलाई नेपाली क्रिकेटका लागि सकारात्मक कदमका रूपमा व्याख्या गरे। उनका अनुसार यस्तो सहकार्यले खेलाडीको हौसला बढाउने र घरेलु क्रिकेटलाई थप सुदृढ बनाउन मद्दत गर्नेछ।

खड्काले भने, ‘एनपीएलको दोस्रो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ। हामी केही दिनभित्र पत्रकार सम्मेलन गरी सम्पूर्ण जानकारी सार्वजनिक गर्नेछौं।’ उनले यसपटकको प्रतियोगिता अझ व्यवस्थित र आकर्षक रूपमा आयोजना गरिने उल्लेख गरे।

नेपाल प्रिमियर लिगको दोस्रो संस्करण आगामी मंसिर १ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने भएको छ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...