Admission Open

ad place

बझाङको तलकोटमा नेपाल टेलिकमको फोरजी सेवा सुरु

काठमाडौँ, ३१ असोज : सुदूरपश्चिम प्रदेशअन्तर्गत बझाङको तलकोटमा बिहीबारदेखि नेपाल टेलिकमको फोरजी सेवा सुरु भएको छ। तलकोट गाउँपालिका–४ बुङ्गाडाँडामा नयाँ बिटीएस टावर सञ्चालनमा आएपछि फोरजी सेवा उपलब्ध भएको हो।

टेलिकमका इन्जिनियर तिलक धामीका अनुसार अब टुजी सेवा क्रमशः हट्दै जानेछ। यससँगै तलकोटका वडा नं. १ र ४ मा फोरजी सेवा सुरु भइसकेको र अन्य नजिकका वडामा छिट्टै सञ्चालन हुने टेलिकमले जनाएको छ।

सञ्चारमन्त्री जगदीश खरेलको समन्वयमा दुर्गम क्षेत्रमा फोरजी सेवा विस्तार गरिएको हो। मन्त्री खरेलले बझाङ, बाजुरा र जाजरकोटलगायत जिल्लामा टेलिफोन तथा इन्टरनेट सेवा सुधारका लागि निरन्तर पहल भइरहेको बताए।

स्थानीय वडाअध्यक्ष गोरख बहादुर जेठाराले फोरजी सञ्चालनले आपतकालीन सम्पर्क र दैनिक कारोबारमा सहजता ल्याएको बताए।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...