Admission Open

ad place

जेनजीका सहिद परिवारलाई क्षतिपूर्तिबापत रकम हस्तान्तरण

गोदावरी (कैलाली), १३ असोजः जेनजी आन्दोलनका क्रममा काठमाडौँमा ज्यान गुमाएका धनगढीका सहिद गौरव जोशीका परिवारलाई क्षतिपूर्तिस्वरुप रु १५ लाख सहयोग प्रदान गरिएको छ ।

सहिद जोशीका परिवारलाई क्षतिपूर्तिस्वरुप सो रकम आइतबार प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गृह मन्त्रालयमार्फत प्राप्त रकम सहिद जोशीका आमा माया जोशीको खातामा भुक्तानी गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद परिवारलाई क्षतिपूर्तिबापत उक्त रकम हस्तान्तरण गरिएको बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...