काठमाडौं, ३१ भदौ : यस वर्ष २०८२ सालको विजयादशमी टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
यस वर्षको बडादसैं अर्थात् दुर्गा पक्षको सुरूआत भने असोज ६ गते सोमबार हुनेछ। जसलाई नवरात्रारम्भ पनि भनिन्छ। त्यस दिन बिहान ९ बजेर १३ बजे घटस्थापना गर्ने साइत रहेको समितिका अध्यक्ष शम्भु प्रसाद ढकालले जानकारी दिए।