ललितपुर, २१ भदौः नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि प्रतिवेदनमा छलफलका लागि दश समूह विभाजन गरिएको छ ।
महाधिवेशनको दोस्रो दिनको बन्दसत्रमा सबै प्रतिवेदन पेस भइसकेपछि दश समूह विभाजन घोषणा गरिएको हो । सात भौगोलिक प्रदेश, उपत्यका विशेष, जनसङ्गठन र सम्पर्क समन्वय र प्रवास तथा केन्द्रीय निकाय एवं आयोजक गरी दश समूह बनाइएको छ । यी समूहले राजनीतिक, साङ्गठनिक प्रस्ताव र विधान संशोधन प्रस्ताव तथा केन्द्रीय आयोगबाट प्रतिवेदन प्रस्तुत भएको थियो । महाधिवेशन ललितपुरको गोदावरीमा जारी छ ।
महाधिवेशनको पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उद्घाटन गर्नुभएको थियो ।