Admission Open

ad place

नेपाली महिला क्रिकेटमा उदयीमान खेलाडी : पूजा महतो

काठमाडौँ : नेपाली महिला क्रिकेट टिमको आशा र भरोसाको रुपमा आफूलाई स्थापित गर्दै लगेकी छिन् आफूलाई पूजाले । सन् २००६ को फेब्रुअरी १७ मा हालको मधेश प्रदेशको महोत्तरीमा जन्मिएकी पूजा सानै उमेरमा नेपाली राष्ट्रिय महिला टिममा स्थापित भएकी छन्। उमेर समूह अन्तर्गत यु-१९  क्रिकेटको महिला टोलीको नेतृत्व गरिरहेकी उनले आफूलाई राष्ट्रिय टोलीको हिस्सासमेत बनाएकी छन्। दायाँ हाते ब्याटर तथा मध्यम गतिकि बलरको रूपमा नेपाली महिला टोलीको हिस्सा रहेकी उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चित छन्। बूवा रञ्जितको संघर्ष पूजाका लागि प्रेरणाको स्रोत हो। महोत्तरीको गौशालामा जन्मिकएकी उनी रोजगारीका लागि भारत पुगेका बुवासँगै उतै पुगिन्। भारतमै रहेकाले उनी उतैबाट क्रिकेटमा जोडिएकी हुन्। कोभिड महामारीपछि भाइसँगै क्रिकेट प्रशिक्षण सुरु गरेकी उनले आफूलाई नेपाली टोलीमा अलराउण्डरको भूमिकामा उस्थापित गरेकी छन्।

सिनियर टोलीमा स्थान बनाएपछि उनी उमेर समूहको नेतृत्वमा आएकी हुन् पूजा। भारतमा हुर्किएकी उनी उतैबाट क्रिकेटमा जोडिइन्। त्यसैले त उनी भारतीय क्रिकेटर रोहित शर्माबाट प्रभावित छन्।  भारतको नयाँ दिल्लीमा प्रशिक्षण लिएकी उनी क्यानको नजरमा पर्दै नेपाली टोलीमा जोडिइन्। यू–१९ विश्वकपमा नेपाली टोलीलाई नेतृत्व गरेकी पूजा परिवारिक संघर्षबाट खारिँदै गएकी छन्। निम्नमध्यम आर्थिक अवस्था र परिवारको भविष्य सुधार्ने सपना बोकेर पूजाका बुबा रञ्जित महतो महोत्तरीबाट दिल्ली पुगेका थिए । तीन छोरी र एक छोराका पिताको एउटै लक्ष्य थियो, आइपर्ने सबै दुःख सहेर पनि पैसा कमाउने । तीन भाइबहिनी मध्ये माइली पूजा संयोगवश भाइसँगै क्रिकेट एकेडेमीमा क्रिकेट सिक्न पुगिन्। ‘भाइ क्रिकेट खेल्न थालेको थियो । हामी उसलाई एकेडेमीमा लैजान्थे ।

एक दिन एकेडेमीको कोचले मेरो बुबासँग कुरा गर्दै तिम्रो छोरीसँग पनि क्षमता छ क्रिकेट खेल्नुपर्छ भन्नुभयो,’ पूजाले क्रिकेट करिअरको सुरुवाती दिन सम्झँदै भनिन्, ‘अनि बुबाले तिमीले पनि खेल्नुपर्छ भन्नुभयो र म क्रिकेटसँग जोडिएँ ।’ पूजाको नेपाल आगमनको प्रसंग पनि भाइसँग जोडिएको छ । दुई वर्षअघि बुबा र भाइ एक कार्यक्रमका लागि नेपाल आउँदा जिल्लाको यू–१५ क्याम्पमा परे । ‘मेरो भाइले एक खेल खेलेर प्लेअर अफ दि म्याच अवार्ड पाएँ र उसलाई रोशन सर (तत्कालीन क्यान कोषाध्यक्ष हाल उपाध्यक्ष) ले अवार्ड दिनुभयो’, पूजा सम्झिन्छिन्। भाइले नै रोशनलाई दिदीहरु पूजा र आरती पनि क्रिकेट खेल्ने सुनाएका थिए। दिल्लीबाट पूजाले क्रिकेट खेल्दै गरेको भिडियो रोशन सिंहलाई पठाएका थिए उनले । उनै रोशनले आफूलाई नेपाली क्रिकेटमा प्रवेश गराएको बताउँछिन् पूजा।

मलेसियामा भएको आईसीसी वुमन्स टी–२० वर्ल्ड कप एसिया रिजन क्वालिफायरमा हङकङविरुद्ध राष्ट्रिय टोलीबाट डेब्वयु गरेकी उनले उक्त खेलमा ३ ओभर बलिङ गरेर १ मेडन राख्दै ५ रन मात्र खर्चेर १ विकेट लिइन्। डेब्यु खेलमै ओपनिङ गर्दै १८ बलमा १६ रन बनाइन् । राष्ट्रिय टिमबाट २० खेलमा १४ इनिङ्स ब्याटिङ गरेकी पूजाले १ अर्धशतकसहित १८५ रन बनाएकी छन् । यस्तै बलिङमा १९ इनिङ्समा १६ विकेट लिएकी छन् । राष्ट्रिय टोली हुँदै उमेर समूहको टोलीमा परेकी उनले नेपाली यू–१९ महिला टिमको टिममा छानिएकी हुन् । उनकै कप्तानीमा नेपालले ऐतिहासिक महिला विश्वकप खेल्दै छ । पूजाले आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटमा पनि नेपालका लागि शानदार प्रदर्शन गरिन् । उनले छनोट चरणमा नेपालका लागि सर्वाधिक रन बनाएकी थिइन् भने दोस्रो सर्वाधिक विकेट पनि लिइन् । पूजाले एसिया छनोटअन्तर्गत कुवेतसँगको खेलमा शतक प्रहार गर्दै सोही खेलमा ५ विकेट पनि लिएकी थिइन् । सो प्रतियोगितामा २७२ रन बनाएकी पूजाले १० विकेट समेत लिएकी थिइन्।

पूजाकै कप्तानीमा नेपालले यू–१९ महिला एसिया कप खेलेको थियो, जहाँ पाकिस्तानलाई पराजित गर्दै अघिल्लो चरणसम्म पुग्न सफल भएको थियो । ब्याटिङ, बलिङ र कप्तानीमा अब्बल पूजाकै नेतृत्वमा यसै वर्ष यु १९ महिला टोली विश्वकप खेलेर फर्किएको छ। उनै पूजा नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले हरेक वर्ष प्रदान गर्ने पल्सर स्पोर्टस् अवार्ड अर्तर्गत पिपल्स च्वाइस अवार्डका लागि मनोनयनमा परेकी छन् । अवार्डका लागि मनोनित हुनुलाई पूजा मेहनत, समर्पण र क्रिकेटप्रतिको लगनले मान्यता पाएको बताउँछिन्। मनोनयनले आफूमाथि थप जिम्मेवारी थपेको बताउँने उनले कोच, परिवार, साथीहरू, समर्थक र सम्पूर्ण क्रिकेटप्रेमीहरूलाई धन्यवाद दिएकी छन्। मनोनयनले परिवारमा थप खुसी ल्याएको छ। मेरो लागि परिवारको साथ ठुलो प्रेरणा हो, आमा बूवाको खुसी मेरा लगि उर्जा हो’ पूजा भन्छिन्, ‘खेल समर्थकहरुले आजसम्म मलाई माया गरेर यहाँ सम्म पुर्याउनु भएको छ सबैले एक पटक फेरि मलाई भोट गरिदिनु होला। यहाँहरुको भोटले मलाई अझै मिहिनेत गर्न प्रेरणा दिनेछ। त्यही प्रेरणाले तपाईँ सबैका लागि गर्व गर्ने मौका दिन सकुँ  यही मेरो चाहना हो।’

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...