Admission Open

ad place

नयाँ फिचरसहित शाओमीले गर्‍यो रेडमी १५ र रेडमी १५सी सार्वजनिक

महा ब्याट्री, महा परफर्मेन्स

काठमाडौं : विश्वप्रसिद्ध प्राविधिक कम्पनी शाओमीले दुई नयाँ आकर्षक मोडल — रेडमी १५ र रेडमी १५C नेपालमा सार्वजनिक गरेको छ । यी दुवै स्मार्टफोन अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र नयाँ फिचरसहित उपभोक्तालाई उत्कृष्ट अनुभव दिलाउने उद्देश्यले बजारमा सार्वजनिक गरेको हो ।

रेडमी १५ : शक्तिशाली ब्याट्री र प्रिमियम डिजाइन

रेडमी १५ विशेषगरी लामो समयसम्म ब्याट्री र उत्कृष्ट प्रदर्शन चाहने उपभोक्तालाई लक्षित गरिएको छ । यसमा ७००० mAh क्षमताको विशाल ब्याट्री छ, जुन सजिलै दुई दिनसम्म टिक्न सक्छ । यसमा रहेको ३३W फास्ट चार्जिङ सुविधाले छोटो समयमा चार्ज गर्न सकिन्छ भने १८W रिभर्स चार्जिङ सुविधाका कारण आपतकालीन अवस्थामा पावर बैंकको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

यसको ६.९ इन्चको FHD+ डिस्प्ले रहेको र १४४Hz रिफ्रेस रेटले अत्यन्तै सजिलो अनुभव प्रदान गर्दछ । TÜV Rheinland ट्रिपल आई-केयरको सुविधा भएकाले आँखाको सुरक्षामा मद्दत गर्छ भने आकर्षक क्वाड-कर्भ डिजाइनले फोनलाई सजिलै समात्न र प्रयोग गर्न सहज बनाएको छ । साथै, IP64 सुरक्षाले सामान्य धुलो र पानीका छिटाबाट समेत सुरक्षित राख्छ ।

फोटोग्राफी प्रेमीहरूका लागि यसमा ५०MP एआई डुअल क्यामेरा प्रणाली र ८MP फ्रन्ट क्यामेरा उपलब्ध छ । शक्तिशाली Snapdragon 685 चिप, उन्नत HyperOS 2 र Google Gemini का साथ यसले गेमिङदेखि मल्टिटास्किङसम्म चलाउन सहजता सुनिश्चित गर्छ । साथै, यसमा २TB सम्मको एक्सप्यान्डेबल स्टोरेजको सुविधा पनि छ ।

रेडमी १५C : आकर्षक र स्मार्ट

रेडमी १५C आफ्नो ७.९९mm स्लिम र प्रिमियम डिजाइनका कारण आकर्षक देखिन्छ । यो रेडमी १५ भन्दा अलि स्लिम भए पनि यसमा रहेको ६०००mAh क्षमताको ब्याट्रीले दिनभरि टिक्ने क्षमता राख्छ । यसमा ३३W फास्ट चार्जिङ र १०W रिभर्स चार्जिङ सुविधा रहेको छ । साथै, कम्पनीले यसमा २ वर्षको वारेन्टी उपलब्ध गराएको छ ।

यसमा ६.९ इन्चको HD+ डिस्प्ले र १२०Hz रिफ्रेस रेट रहेको छ, जसले गेमिङ र स्क्रोलिङलाई अझै सहज बनाउँछ । MediaTek Helio G81-Ultra प्रोसेसरले द्रुत र स्थिर प्रदर्शन सुनिश्चित गर्छ । यसमा पनि ५०MP एआई डुअल क्यामेरा र ८MP फ्रन्ट क्यामेरा उपलब्ध छन्, जसले पोर्ट्रेट वा नाइट मोडसहितका उत्कृष्ट फोटो खिच्न सक्षम बनाउँछ ।

रेडमी १५C मा पनि १TB सम्मको एक्सप्यान्डेबल स्टोरेज सुविधा, नवीनतम् HyperOS 2 र Google AI का Circle to Search तथा Gemini जस्ता स्मार्ट फिचरहरू उपलब्ध छन् । साथै, IP64 सुरक्षासहित यो फोन धुलो र पानीका छिटाबाट सुरक्षित रहन्छ । नयाँ स्मार्टफोनले उत्कृष्ट ब्याट्री लाइफ, उत्कृष्ट प्रदर्शन, आकर्षक डिजाइन र स्मार्ट फिचरसहित नेपाली उपभोक्तालाई सेवा प्रदान गर्ने शाओमीले विश्वास व्यक्त गरेको छ ।

विभिन्न आकर्षक रंगमा उपलब्ध

रेडमी १५ तीन आकर्षक रंगमा उपलब्ध छ — Sandy Purple, Titan Gray र Midnight Black । यस्तै, रेडमी १५C तीन चम्किला रंगमा उपलब्ध छ — Midnight Black, Moonlight Blue र Mint Green ।

मूल्य र भेरियन्ट

  • रेडमी १५
  • ६GB + १२८GB : रु. १८,९९९
  • ८GB + २५६GB : रु. २१,९९९
  • रेडमी १५C
  • ४GB + १२८GB : रु. १४,९९९
  • ६GB + १२८GB : रु. १६,४९९
  • ८GB + २५६GB : रु. १८,९९९
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...