Admission Open

ad place

वीरगञ्जमा हैजा सङ्क्रमण नियन्त्रण बाहिर छैनः प्रजिअ सुवेदी

वीरगञ्ज (पर्सा), ११ भदौः पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीले वीरगञ्जसहित आसपासमा देखिएको हैजाको सङ्क्रमण नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक भएको बताउनुभएको छ ।

केही समय अघि मात्रै जिम्मेवारीमा आउनुभएका सुवेदीले आज यहाँ पत्रकारसँग भेटघाटमा हैजा सङ्क्रमणसँग जुँधेर काम गर्नुपर्नेमा जोड दिनुभयो । “हामी निकै संवेदनशील भएर हैजा सङ्क्रमण रोकथाम र नियन्त्रणमा लागेका छौँ”, उहाँले भन्नुभयो, “अहिलेसम्म यहाँ देखिएको हैजा नियन्त्रण गर्न सक्ने अवस्थामै छ ।”

प्रजिअ सुवेदीले हाल हैजाका विरामीहरुको उपचारात्मक र सचेतनामुलुक दुवै खालका गतिविधि सञ्चालन गदै आइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हैजा सङ्क्रमित बिरामी अस्पताल अस्पतालबाट निको भएर घर फर्किने क्रम बढिरहेको छ । सबै मिलेर हैजाको रोकथाम र नियन्त्रणका लागि हातेमालो गर्न जरुरी छ ।”

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...