Admission Open

ad place

आजको मौसम : यी प्रदेसमा भारी वर्षाको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज भदौ २ गते सोमवार देशभर साधारणतया बदली रहने छ ।

महाशाखाका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ । तथापि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम
छ ।

आज कोशी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश तथा लुम्बिनी प्रदेशको तराई र पहाडी भू-भाग लगायत देशको बाँकी पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।लुम्बिनी प्रदेशको तराइ र बाग्मती प्रदेशको पहाडी भु-भागको एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी प्रदेश र मधेश प्रदेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । मधेश प्रदेश, कोशी प्रदेशको पहाडी तथा तराई भू-भाग लगायत बाँकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेशको तराई भू-भाग तथा बाग्मती र गण्डकी प्रदेशका पहाडी भु-बागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...