Admission Open

ad place

इस्माली समाज काठमाडौँको तीज विशेष कार्यक्रम

काठमाडौँ : इस्माली समाज काठमाडौँको तीज विशेष कार्यक्रम गुल्मीको इस्मा गाउँपालिकाबाट काठमाडौँ आई बसोबास गर्नेहरुको संस्था ‘इस्माली समाज काठमाडौँ’ले हिजो कलंकीमा आयोजना गरेको तीज विशेष कार्यक्रम भव्य एवम् सभ्य तरिकाले सम्पन्न भएको छ।

समाजका अध्यक्ष वेदनिधि अधिकारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा पूर्व मन्त्री गोकर्ण विष्ट प्रमुख अतिथिको भूमिकामा रहनुभएको थियो भने कार्यक्रममा बालबालिकादेखि नब्बे वर्षका वृद्धसम्मको उपस्थिति थियो। वार्षिक साधारण सभा समेत जोडिएको उक्त कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन तथा आय-व्यय प्रतिवेदन प्रस्तुत भई सर्वसम्मतबाट पारित भएको थियो। कार्यक्रममा बाजागाजा सहित भएका नृत्य निकै आकर्षक ढंगको थियो।

नाचगानमा कुनै किसिमको तडकभडक एवं उच्छृङ्खता प्रदर्शन भएको थिएन। यो कार्यक्रम अरुले पनि सभ्यता र संस्कार सिक्ने किसिमको थियो। कार्यक्रममा साहित्यिक क्षेत्र तथा महिला अधिकार क्षेत्रका व्यक्तित्वहरुको समेत उपस्थिति थियो। कार्यक्रम समापन पश्चात् समाजको तर्फबाट महिलाहरुलाई सभ्य किसिमले दर खुवाइएको थियो।

कार्यक्रममा लोकसेवा परीक्षा तयारी कक्षा तथा विद्यार्थीहरुलाई छात्रवृत्तिसम्बन्धी गरिएका गतिविधिका बारेमा पनि जानकारी गराइएको थियो भने इस्मामा उत्पादित रैथाने उपज काठमाडौँसम्म ल्याउने समाज योजना रहेको पनि बताइएको थियो।

इस्मा गुल्मी जिल्लाको उत्तरी भेगमा रहेको भूभाग हो। इस्मा वि.सं. १५५० मा स्थापना भएको चौबिसे राज्य अन्तर्गतको क्षेत्र थियो। त्यहाँ विविध जातजातीहरुको बसोबास रहेको छ।

टिप्पणिहरु
Loading...