Admission Open

ad place

तीर्थयात्रीलाई सर्वसुलभ र गुणस्तरीय खानाको व्यवस्था गर्न निर्देशन

रसुवा, २२ साउनः जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्ड जाने तीर्थयात्रीलाई निर्धारित दररेटमा खाने, बस्ने व्यवस्था मिलाउन धार्मिक मार्गका होटल सञ्चालकलाई जिल्ला अनुगमन समितिले अनुरोध गरेको छ । तीर्थयात्रीको सहजताका लागि सर्वसुलभ र गुणस्तरीय खाना तथा बासस्थानको व्यवस्था गर्न होटल व्यवसायीलाई समितिले निर्देशन दिएको हो ।

विगतमा तीर्थयात्रीले ठगिएको भन्ने जनगुनासा आएपछि अनुगमन समितिमार्फत स्थानीय प्रशासनले गोसाइँकुण्ड धार्मिक मार्गका होटलमा स्थलगत निरीक्षण गरी सर्वसुलभ र गुणस्तरीय खाना तथा बासस्थानको व्यवस्था गर्न होटल व्यवसायीलाई समितिले निर्देशन दिएको हो ।

जिल्ला अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीको नेतृत्वमा गएको टोलीले धार्मिक मार्गमा रहेका स्थायी संरचनाका होटल तथा लज र मेला अवधिसम्मका लागि बनाइएका अस्थायी प्रकृतिका छात्रो (स्थानीय भाषामा थर्कु)समेतको निरीक्षण गरी गुणस्तरीय सेवा दिन व्यवसायीलाई निर्देशन दिएको हो ।

संयोजक अधिकारीका अनुसार उद्देश्य विपरीत स्थायी लेखा नम्बर (प्यान) राखी होटल, लज सञ्चालन गरेको, पाक नपु¥याएको खाना खुवाउने गरेको, लत्ता कपडालगायत कोठाको सफाइमा नभएको, मूल्य सूची नराखी आफूखुसी रकम लिने गरेको, बिलबिजक नराखेकोलगायत लापरबाही गरेको देखिएकाले उपभोक्ता संरक्षण ऐन अनुसार व्यवसाय सञ्चालन गर्न निर्देश गरिएको छ ।

नयम विपरीत काम गर्ने पैदल मार्गका २६ होटललाई जरिवानासमेत तिराइएको बताउँदै संयोजक अधिकारीले धार्मिक मार्गमा मदिरा बेच्ने, निषेध गरिएको र म्याद गुज्रेका सामग्री फेला परेकाले ती सामग्री जफत गरी नष्ट गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार कारवाहीमा परेका २६ होटल सञ्चालकबाट रु तीन लाख ८० हजार जरिवानाकापतको रकम सङ्कलन भएको छ ।

धार्मिक मार्गमा यात्रुहरू ठगिनसक्ने अवस्थालाई मध्यनजर राख्दै कालोबजारी नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले थाल्नुभएको प्रयास प्रशंसायोग्य रहेको स्थानीले बताएका छन् । यात्रीलाई सहयोग गर्न र कालोबजारी नियन्त्रण तथा निगरानी बढाउन सादापोशाकका प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यही साउन २४ गते विशेष मेला भर्न आउने यात्री ठगिएमा नजिकको प्रहरी वा जिल्ला प्रहरी कार्यालयको मोबाइल नं ९८५१२७५५५५ र जिल्ला प्रशासन कार्यालय रसुवाको मोबाइल नं ९८५१२२७७७७ मा खबर गरी सहयोग गर्न स्थानीय प्रशासनले सबैलाई आग्रह गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...