Admission Open

ad place

कुकुरले गुड्दैगरेका सवारी साधनलाई किन् झम्टिन खोज्छ ?

[ हत्केलामा अट्नेदेखि गधा जत्रा कुकुरहरुको प्रदर्शनी ]

विकसित मुलुकहरुमा पार्कतिर कुकुरलाई डुलाउने क्रममा कुकुरले दिसा गरेमा गोजीबाट झोला झिकेर त्यसमा दिसा बोकेर घरमै लगेर कतै विसर्जन गरिन्छ। यस्तो सभ्य अर्थात् असल कामको परम्परा नेपालमा कहिले आउला ? 

#अमर अधिकारी
संसारका विभिन्न प्राणीहरुमध्ये कुकुरको आफ्नै विशेषता हुन्छ। कुकुरलाई गुण कहिल्यै पनि नबिर्सने प्राणी पनि भनिन्छ। एकपटक कुनै ठाउँमा कसैले कुकुरलाई खानेकुरा दियो भने त्यो बाटो वा ठाउँमा त्यो कुकुर अरु बखत पनि आश गर्दै बसेको हुन्छ। एकपटक खानेकुरा दिने मान्छे फेरी देखिएमा हेर्दै अनि पुच्छर डोल्याउँदै र कान तलमाथि पार्दै खुशीको संकेत देखाइहाल्छ कुकुरले। कुकुरलाई स्वामिभक्त प्राणीको रुपमा पनि चिनिन्छ, ऊ मानिससँग निकट भएर बस्न रुचाउँछ। यसको सुन्ने र सुँघ्ने शक्ति अत्यन्त तिक्ष्ण हुन्छ। मानव सभ्यताको विकाससँगै कुकुरलाई पहिलो पाल्तु जनावर हो भनेर कताकतै उल्लेख भएको पाइन्छ। तपाईँको घरको गेट बाहिर कुनै छाडा कुकुरलाई केही खान दिनुभयो भने ऊ गेटछेउँमा बसिरहन्छ अनि अरु कुकुर आएमा भुकेर धपाउँछ। त्यो कुकुर बफादार बनेर बसिरहन्छ। खानेकुरा दिने मान्छेसँग निकटता खोज्ने प्रयास गर्छ कुकुर। वन कुकुरलाई ढोँले पनि भनिन्छ, यसलाई लोपोन्मुख स्तनधारी जनावरमा गणना गरिएको छ। यसको संरक्षणका लागि सम्बन्धित अभियन्ता एवं विज्ञहरु जुटिरहेका छन्।

कुकुरले असामान्य अवस्था सहँदैन, अस्वाभाविक दृश्य उसलाई मन पनि पर्दैन। सहर बजारमा गुडिरहने दुईपाङ्ग्रे होस वा चारपाङ्ग्रे गाडीहरुको पछिपछि दौड्दै झम्टिने प्रयास गर्छन् कुकुरहरु। किन कि सवारी साधन प्राकृतिक वस्तु वा साधन होइन। मानव निर्मित यन्त्र /उपकरण मान्छेले मात्र चिन्छ र चलाउँछ। अन्य प्राणीहरुले यस्ता विकासे साधनलाई रुचाउँदैनन्। फलतः कुकुरले सवारी साधनको पछिपछि दौड्दै झम्टिने प्रयास गर्छ।

काठमाडौँ महानगरपालिकाले पहिले पहिले छाडा कुकुरहरुलाई विषय खुवाएर मार्ने गर्थ्यो, जुन अमानवी कार्य हो भनेर भन्न सकिन्छ। काठमाडौँमा भुस्याहा कुकुरहरु पाल्ने केही संस्था र व्यक्तिहरु भएको पनि सुनिन्छ। कसैकसैले कसैलाई गाली गर्दा ‘कुकुर’ भनेर भनिन्छ, ‘बिरालो’ भनिदैन। मान्यता अनुसार कुकुरलाई शुभ मानिन्छ भने बिरालोलाई अशुभ। कुकुरको अर्को विशेषता के हो भने यो नखाइकन धेरै दिन बाँच्नसक्छ। कुकुरलाई लाग्ने खतरनाक रेबिज रोगको प्रकोप फैलिदा सतर्कता अपनाउनुपर्ने हुन्छ। तर निर्दयी तरिकाले कुकुर मारेको देख्दा जसको पनि मन दुख्छ।

सवारी साधनमाथि कुकुर जाइलाग्नुका कारणः
कुकुरले असामान्य अवस्था सहँदैन, अस्वाभाविक दृश्य उसलाई मन पनि पर्दैन। सहर बजारमा गुडिरहने दुईपाङ्ग्रे होस वा चारपाङ्ग्रे गाडीहरुको पछिपछि दौड्दै झम्टिने प्रयास गर्छन् कुकुरहरु। किन कि सवारी साधन प्राकृतिक वस्तु वा साधन होइन। मानव निर्मित यन्त्र /उपकरण मान्छेले मात्र चिन्छ र चलाउँछ। अन्य प्राणीहरुले यस्ता विकासे साधनलाई रुचाउँदैनन्। फलतः कुकुरले सवारी साधनको पछिपछि दौड्दै झम्टिने प्रयास गर्छ। कुकुरले झम्टिन खोज्दा मोटरसाइल वा स्कुटर अनियन्त्रित भएर लड्ने अवस्था आउनसक्छ, सबै कुकुर भने सवारी साधनमाथि जाइलाग्दैनन्। सहर बजारमा बोरा बोकेका कवाडीवालाहरु देखेपछि कुकुरको ध्यान तुरुन्तै त्यतातिर जान्छ र तत्कालै उठेर भुक्दै उनीहरुलाई लखेटे झैँ गर्छ। भुक्दै झम्टिन खोज्ने कुकुरबाट बच्नका लागि कवाडीवालाहरुले हातमा लठ्ठी चाहिँ समाएकै हुन्छन्। औपचारिक पोशाक लगाएका सैनिक र प्रहरीलाई देखेर पनि कुकुर भुक्नेगर्दछ भने जोगीलाई देख्दा पनि कुकुर भुक्देगर्दछ।

कुकुरले दिसा/पिसाब गर्ने स्थानः
सहरको हकमा छाडा कुकुरले खाली र सफा ठाउँमा दिसा(पिसाव गरेको देखिदैन, सानो बोट-विरुवानिर, चौरमा, बालुवा-रोडाको थुप्रोमा दिसा/पिसाव गर्ने गरेको पाइन्छ। त्यस्तै रोकिराखेको गाडीको टायरमा पनि कुकुरले पिसाव गरेको देख्न सकिन्छ। उहिले गाउँघरमा डोकोमा गाग्रो बोकेर पँधेरामा पानी भर्न जाँदा कोही कोही महिलाहरु महिला साथीको घरमा पसेर कुराकानी गर्ने र बिँडी-चुरोट तानेर केही समय क्षणिक आनन्दको अनुभूति गर्दथे। बाटोको छेउँमा डोकोभित्र गाग्रो हुन्थ्यो र त्यसै डोकोको मुखैमा कुकुरले खुट्टा उचालेर पिसाव गर्दथ्यो। अरु कुनै पनि जनावरमा खुट्टा उचाल्ने स्वभाव देखिदैन। सन्तान उत्पादनका लागि कुनै पनि प्राणीहरुको संभोगका आआफ्नै तरिका हुन्छ। कुकुरको संभोग प्रक्रिया अरु प्राणीहरुको तुलनामा जटिल छ। एउटा पोथी कुकुरका पछाडि दर्जन संख्यामा पुरुष कुकुरहरु पछिपछि लागेका हुन्छन्। त्यही समूहमा रक्ताम्मे हुनेगरी पुरुष कुकुरहरु घाइते पनि हुन्छन्, कुनैको त कान नै चुँडिएर झरेको वा झुण्डिएर रहेको पनि देख्न सकिन्छ। एउटा कुकुरले दिसा(पिसाब गरेको ठाउँमा अर्को कुकुरले सुँघ्ने गरेको पनि पाइन्छ। काठमाडौँका सडक किनारामा राखिएका फोहोरका झोला वा बोरा कुकुरले खोतलेर अनि छरेर खानेकुरा छान्दै खानेगरेको दृश्यहरु पनि देखिन्छन्। फोहोर उठाउने गाडी नबाउञ्जेल त्यो फोहोर रुङेर बस्नुपर्ने हुन्छ, नत्र बाटोभरी छरिदिनसक्छ कुकुरले।

कताकतै कुकुर र बिरालो एकै ठाउँ मिलेर बसेको पनि देखिन्छ भने प्रायजसो कुकुरले बिरालोलाई लखेट्नेगरेको पाइन्छ। बाँदरको समूहमा कुकुर एक्लो भयो भने बाँदरले कुकुरको पुच्छर तान्ने, कान चिमोठ्ने र जिस्क्याउने गरेको दृश्य यो लेखकले देखिसकेको छ। चकचके केटाकेटीलाई “कस्तो बाँदर जस्तो चकचके१” भनेर पनि भनिन्छ। नेपालमा बाँदर विशेषज्ञ पनि हुनुहुन्छ( डा। मुकेश चालिसे। उहाँ साहित्यिक कार्यक्रमहरुमा पनि भेटिनुहुन्छ। साथै व्यङ्ग्य विधामा कलम पनि चलाउनुहुन्छ। उहाँ वन्यजन्तुका आनीबानी विषयका अध्येता हुनुहुन्छ। उहाँले बाँदर प्रजातीको इतिवृत्त बारेमा सोध गर्नुभएको छ। तर नितान्त कुकुरका विषयमा भने कसैले सोध गरेको कतै भेटिदैन।

कुकुर भुक्ने समयः
कतिपय कुकुरहरु राती भुक्ने अनि निदाइरहेका मान्छेलाई निद्रामा अवरोध गर्ने र बिहान बाटोको छेउँमा लम्पसार परेर सुत्ने गरेको पनि देखिन्छ। कुनैकुनै कुकुर बाटोको बीचमा सुतेको पनि देखिन्छ, आखिर पशु न हो बीच बाटोमा सुन्तुहुँदैन भन्ने उसलाई के थाहारु आकाश जतिसुकै गड्याङगुडुङ गरे पनि कुकर भुक्दैन, भुइँचालो आउन पाको छैन भुकिहाल्छ। हुन त “भुइँचालो आउनुअघि कुकुरले संकेत दिन्छ” भनिन्छ। गाउँघरको कुरा गर्ने हो भने चितुवा, स्यालको आवाज सुन्दाबित्तिकै कुकुर आवाज आएकोतिर फर्केर भुक्नथाल्छ। ठूलो स्वरमा कोही परैदेखि कराएर कसैसँग कुरा गर्दैआएको सुनेमा पनि कुकुर भुक्छ ठूलो स्वरमा कुरा गर्ने मान्छेतर्फ फर्केर।

कुकुरसँगका आफ्नै प्रसङ्गः
सायद एकदुई कक्षामा पढ्दाताकाको कुरा हो यो लेखक विद्यालय जाने क्रममा बाटो छेउँमा एउटा गेहराज शास्त्री दाइको भोटे कुकुरले पिसाव गरेको हेरिरहेको थियो र कुकुरले पिसाव गरिसकेपछि मलाई झम्टिन आयो। मेरो सातो उड्ने गरी मलाई एकछिन झाङलझुङल पार्‍यो, तर टोक्न चाहिँ टोकेन। हाम्रो घर रोल्पाको खुंग्रीमा २०३६ सालअघि हाम्रो मात्र पसल थियो। घरको दुईसय मिटरमाथि ओभरसियर टेकेन्द्र सिंह बुवाको घर थियो, छ। गाउँलेहरु उहाँलाई ‘उपरसेँठ’ भनेर सम्बोधन गर्दथे। टेकेन्द्र बुवाका सोखहरु अनेक थिए। उहाँले पालेको कुकुरलाई हाम्रो पसलमा ल्याउनुहुन्थ्यो पछि लगाएर, कुकुरले मुखले च्यापेर उहाँको घरमा सामान लैजान्थ्यो। हाम्रा पिताजीले खुट्टा छोँटा भएको एउटा कुकुर कताबाट ल्याउनुभएको थियो। त्यो कुकुरलाई ‘बेलायती कुकुर’ भन्थ्यौँ। कसैकसैले बेलायती शब्द अपभ्रंश गराएर ‘बेलौते कुकुर’ पनि भन्दथे। एकदिन कुकुर हराएपछि खोजी गर्दै जाँदा रातमा चितुवाले मारेर खाएको पाइएको थियो। नरेन्द्र सुवेदी अंकलको घरमा एउटा ‘डायमण्ड’ नाम गरेको टाटेपांग्रे कुकुर थियो। रोल्पाको गजुलस्थित मेरो ससुराली घरमा ‘टाइगर’ र डेनी नामका भोटे कुकुर थिए हेर्दै डरलाग्दा। हामीले बाँदर लखेट्ने क्रममा लुंग्री नदीमा बग्दैगरेको बाँदरलाई कुकुर पनि बग्दै पछिपछि लागेको थियो भने म पनि कुकुरको पछिपछि पौड्दै कुकुरको अगाडि बढेको थिएँ। छिमेकी विचारी काका (समाजसेवी नम बहादुर आचार्य) को भोटेकुकुर पनि आधारातमा चितुवाले लगेको थियो।

गोली प्रहार गरेर कुकुरको निर्मम हत्याः
रातमा मोटरसाइकल हुइँकिएको आवाज सुनेपछि कुकुर बिउँझिनु र त्यतैतिर दौड्नु स्वभाविकै हो। २०५०/५१ सालतिर यो लेखक बसोबास गरेको ठाउँ बालुवाटारमा राती पेस्तोलले गोली प्रहार गरेर तीनवटा कुकुर मारिएको चर्चा चलेको थियो। त्यसरी रातमा गोली हानेर कसले कुकुर मार्‍यो भन्ने स्पष्ट थिएन। मान्छे मारिएको भए घटना बारे छानबीन समिति गठन गरिन्थ्यो होला, आखिर कुकुर पशु न थियो।

फोहोर फ्याँकिएको प्लास्टिकको झोलाबाट फोहोर झिकेर खान पल्केको कुकुरले मान्छेले सामान हालेर बोकेका प्लास्टिकका झोला सुघ्न खोज्छ र केहि प्राप्त गर्ने आशामा रहन्छ, जुन उसले केही पनि प्राप्त गर्न सक्दैन। कसैकसैले पसलबाट बिस्कुट किनेर त्यहिँ छेउँमा रहेका कुकुरहरुलाई खुवाएर प्राणी कल्याण गर्दै धर्म पालना गरेको पनि यदाकदा देख्न सकिन्छ। यो मानवले पशुप्रति गरिने सकारात्मक कार्य पनि हो।

कुकुरदेखि सावधान !
सहरका महल अर्थात् भवनको कम्पाउण्डभित्र कुकुर पालिएको छ भने गेटको बाहिरपट्टी छेउमा ‘कुकुरदेखि सावधान !’ भनेर कुकुरको चित्रसहित सूचना टाँसिएको हुन्छ। कसैकसैले भने कुकुर नपाले पनि गेट छेउमा घर-कम्पाउण्डभित्र चोर-डाँका नपसून् भन्नाका लागि यो सूचना टाँसेका हुन्छन् ।

कुकुरका आकार प्रकारः
कुनै बखत काठमाडौँको भृकुटीमण्डपमा कुकुर प्रदर्शनी भएको थियो। प्रदर्शनीमा हत्केलामा अट्ने कुकुरदेखि गधा जत्रा कुकुरहरुको प्रदर्शन गरिएको थियो। त्यसपछि काठमाडौँमा कुकुर प्रदर्शनी भएको थाहा छैन। प्रदर्शनीमा आँखा ढाकिने रौँ भएका कुकुरदेखि विभिन्न आकार प्रकारका कुकुरहरु राखिएका थिए।

कुकुरलाई पानीको व्यवस्थाः 
सहरमा कुकुरले पानी पिउन सुविधा होस् भन्नाका लागि ठाउँठाउँमा बिजुलीको पोलको फेँदमा पानी सहितको भाँडो राखेको पाइन्छ, जुन सराहनीय कुरा पनि हो।

मासुपसल बाहिर आशावादी कुकुरहरुः
सहरका कतिपय मासु पसलबाहिर मासुको टुक्राहरुको आशा गरेर बसेका हुन्छन् कुकुरहरु। मान्छेलाई उपयोग नहुने खालका मासु, हड्डी, छाला कुकुरलाई दिने गरिन्छ। कुकुरका कारण सहर सफा हुने यो एकप्रकारको राम्रो उपाय हो। फालिएका मासु, हड्डी र छाला काग र कुकुरले त्यसरी खाइदिदा झिंगा भन्किन पाउँदैन।

विकसित मुलुकहरुमा पार्कतिर कुकुरलाई डुलाउने क्रममा कुकुरले दिसा गरेमा गोजीबाट झोला झिकेर त्यसमा दिसा बोकेर घरमै लगेर कतै विसर्जन गरिन्छ। यस्तो सभ्य अर्थात् असल कामको परम्परा नेपालमा कहिले आउला ?

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...