Admission Open

ad place

‘झनकबाजे-एक भूइँमान्छे’को लोकार्पण

झापा, १७ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले समाजसेवी झनकप्रसाद कट्टेलको स्मृतिग्रन्थ ‘झनकबाजे-एक भूइँमान्छे’को लोकार्पण गर्नुभएको छ ।

मेचीनगरको काँकडभिट्टामा झनकप्रसाद-खिनमाया कट्टेल समाज कल्याण प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा कृतिको लोकार्पण गर्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष लिङ्देनले ‘झनकबाजे’ जस्तो समाजमा उल्लेख्य योगदान पुर्‍याएका समाजसेवीको स्मृतिग्रन्थ प्रकाशन गरेर प्रतिष्ठानले प्रशंसनीय कार्य गरेको बताउनुभयो । उहाँले स्व कट्टेलका छोराहरूले रु ५० लाखको अक्षयकोष स्थापना गरी प्रतिष्ठान शुभारम्भ गर्नुभएको जानकारी पनि दिनुभयो ।

कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्ट, प्रदेश सांसद गोपाल तामाङ, कट्टेल समाजका अध्यक्ष चित्रदेव कट्टेल, मेचीनगरका पूर्वनगरप्रमुख विमल आचार्यलगायत वक्ताले झनकप्रसादको व्यक्तित्वको चर्चा गर्दै भावी पुस्तामाझ उहाँको योगदानलाई जीवन्त राख्न स्मृतिग्रन्थले मद्दत पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

सोही अवसरमा स्थानीय बाबुल मालपाडेलाई रु २५ हजारको नगदसहित सम्मान गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष डम्बरुवल्लभ कट्टेलले आगामी दिनमा प्रतिष्ठानले रचनात्मक गतिविधि गर्दै जाने बताउनुभयो । ‘झनकबाजे’को व्यक्तित्व परिचय साहित्यकार पुण्यप्रसाद खरेलले र स्मृतिग्रन्थको समीक्षा निरोज कट्टेलले गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...