यो क्षेत्रमा राजनीति गर्ने नेताहरू विजय गच्छदार, ज्ञानेन्द्र कार्की, राजीव कोइराला, भीम आचार्य, सीताराम मेहता, केदार भण्डारी, राजन मेहता, सरोज पोखरेल, भगवती चौधरी, बेदनारायण गच्छदार, रामप्रसाद मेहेतालगायत अन्य धेरै व्यक्तिहरूले जवाफ दिनु पर्दैन ? के आवाज नउठाई कुनै सूचना दिएर जानकारी गराउने धर्म र संस्कार राजनैतिक दलमा नरहेको हो भनेर बुझ्दा हुने ? सबै आ–आफ्नै व्यक्तिगत दुनो सोझ्याउनमा मस्त हो ?
#दीपक निरौला
सन् १९९७ देखि २०१२ सम्ममा जन्मिएको पुस्तालाई ‘जेनेरेशन जेड’ अर्थात् ‘जेन जी ’ भनिदो रहेछ । यो पुस्ता भनेको विश्वमा भएको गतिविधि र नयाँ प्रविधिलाई एकै क्लिकमा पक्रिन सक्ने क्षमता भएको पुस्ता हो । यो पुस्ता दुहवी–इनरुवा सडकखण्डमा पनि बग्रेल्ती छन् ।भोलिका दिनमा राजनीतिकर्मीले दिएका आश्वासनका पोकाको बारेमा प्रश्न गर्दा तपाई कसरी जवाफ दिनु हुन्छ ? यो पुस्तालाई कसरी आश्वस्त पार्न सक्नुहुन्छ ? यो पुस्ता पहिले गुरुकुलमा बसेको आज्ञाकारी छात्रजस्तो छैन ।
